Trending
Prev Story
Next Story

पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

Ekantipur •
November 09, 2026 • 08:32 AM
2
2 reads 0 reactions

उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

काठमाडौँ — पोखरा एभेन्जर्सका क्यानेडियन ओपनर युवराज सामराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाएका छन् । उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

एनपीएलमा बनेको यो चौथो शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ । व्यक्तिगत खेलाडीले शतक बनाएको खेलमा पोखराले हारेको छैन । पोखरा यस पटक पहिलो चार खेलमै पराजित रहेको छ ।

२०२४ मा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । पोखराकै एडम रोसिङटनले गत वर्ष कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए ।

गत वर्ष कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो  । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #सिजन
Compare →
Onlinekhabar
17m ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →
Nagarik News
11h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Arthasansar
15h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सिजन
Compare →

Related Stories

Sports
Build #2612