Trending
Prev Story
Next Story

डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

Arthasansar •
November 09, 2026 • 01:34 AM
3
3 reads 0 reactions

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अघिल्लाे दिन पनि डलर साेही दरमा सटही भएकाे थियाे ।

त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा रहेको थियो ।  युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा रहेको थियो ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४ रुपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १६ पैसा र बिक्रीदर १५ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य कति ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक २६) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्री...

#पैसा #एकको #खरिददर
Compare →
Bizshala
2d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#पैसा #खरिददर #डलर
Compare →
Nagarik News
1h ago
यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

#पैसा #एकको #खरिददर
Compare →
Ekantipur
3d ago
२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५९मा, युरो रु १६९.०८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#डलर #कति
Compare →
Onlinekhabar
3d ago
जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

एनभिडियाका सीईओ जेन्सेन ह्वाङले सोमबार ३० मिनेटको कारोबारमा ७.४ अर्ब डलर गुमाएका छन्। लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ …

#डलर
Compare →

Related Stories

Business & Economy
Build #2612