Trending
Prev Story
Next Story

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

Nagarik News •
November 08, 2026 • 03:57 AM
3
3 reads 0 reactions

उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

इङ्लिस प्रिमियर लिगमा आर्सनलले हल सिटीलाई पराजित गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

शनिबार इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले हल सिटीलाई १–० गोलले हरायो। आर्सनलका कप्तान मार्टिन ओडेगार्डले खेलको ७२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। नोनी माडुएकेको प्रहार हलका गोलकिपर कोन्स्टान्टिनोस जोलाकिसले बचाएपछि फर्किएको बललाई ओडेगार्डले जाली चुमाएका थिए।

खेलको अन्त्यतिर आर्सनलले अग्रता दोब्बर पार्ने अवसर पाए पनि सफल हुन सकेन। माडुएकेको प्रहार गोलकिपर जोलाकिसले रोकेपछि बल हलका नोबेल मेन्डीलाई लागेर फर्किएको थियो। तर, ब्रुक नोर्टन–कफीले गोललाइनबाट बल क्लियर गर्दै आर्सनलको अर्को गोल रोके।

पहिलो हाफमै आर्सनलले गोलका केही अवसर सिर्जना गरेको थियो। डेक्लान राइसको हेडर गोलकिपरले सहजै बचाएका थिए भने दोस्रो हाफमा माडुएकेको प्रहार पनि सफल हुन सकेन।

पहिलो हाफमा काई हाभर्ट्जलाई पेनाल्टी क्षेत्रमा मेन्डीले जर्सी तानेर लडाएपछि आर्सनलले पेनाल्टीको माग गरेको थियो। भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सुझावमा रेफ्री फाराई हालमले भिडियो समीक्षा गरे पनि हाभर्ट्ज अफसाइड अवस्थामा रहेकाले पेनाल्टी दिएनन्।

यस जितसँगै आर्सनलले लिगमा लगातार पाँचौँ जित निकालेको छ। सेप्टेम्बरमा ब्राइटनसँग ३–० गोलले पराजित भएयता टोलीले लिगमा अंक गुमाएको छैन। उक्त हार नै यस सिजन आर्सनलले भोगेको अहिलेसम्मको एकमात्र हार हो।

आर्सनलले सबै प्रतियोगितामा घरेलु मैदानमा अपराजित यात्रा ११ खेलसम्म पुर्‍याएको छ। तीमध्ये टोलीले नौ खेलमा जित निकालेको छ।

उता, उपाधि दौडमा आर्सनलको प्रमुख प्रतिस्पर्धी म्यानचेस्टर सिटी भने नटिङ्घम फरेस्टसँग ३–१ गोलले पराजित भएको छ। सिटीको हार र आफ्नो जितसँगै आर्सनलले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ ०९:४२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै

चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौँ खेलमा स्पेनले चेक रिपब्लिकमाथि २-० गोलको सहज जित दर्ता गरेको छ । समूह 'सी' अन्तर्गत भएको यस खेलमा स्पेनले पहिलो हाफमै अग्रता लिएको थियो। खेल...

#अग्रता #शीर्ष #स्थान
Compare →
Bizshala
18h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#सिटी
Compare →
Arthasansar
1d ago
म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक...

#म्यानचेस्टर
Compare →
Onlinekhabar
45m ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#शीर्ष #स्थान
Compare →

Related Stories

Sports
Build #2612