Trending
Prev Story
Next Story

कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले काठमाडौंमा आइतबार विशेष कार्यक्रम हुने

Ekantipur •
November 07, 2026 • 01:32 PM
2
2 reads 0 reactions

कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने लक्ष्य राखेको छ ।

कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले काठमाडौंमा आइतबार विशेष कार्यक्रम हुने

कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने लक्ष्य राखेको छ ।

काठमाडौँ — कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा आइतबार विशेष समारोह आयोजना हुने भएको छ ।

प्रधानमन्त्री पत्नी तथा समाजसेवी सबिना काफ्लेको आतिथ्यमा बिहान नक्सालस्थित नारायणचौरमा समारोह आयोजना हुन लागेको हो । कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने काफ्लेले बताइन् ।

‘कुकुर तिहार र डग फेस्टिभललाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ ? नेपालमा एउटा यस्तो पर्व छ, जहाँ देवीदेवतालाई जस्तै कुकुरलाई पूजा गरिन्छ । उनीहरूको इमानदारीको सम्मान र कदर गर्नुपर्छ भन्ने कुरा विश्वलाई थाहा होस्,’ काफ्लेले भनिन्, ‘विश्वका अन्य मुलुकमा कुकुरलाई क्युट भनेर माया गर्दै गर्दा हामी यो जनावरलाई पूजा गर्छौं । यसमार्फत नेपाल संसारमाझ फरक रूपमा स्थापित होस् भन्ने हाम्रो उद्देश्य हो ।’

कुकुर तिहार एक दिन मनाइने पर्व भए पनि यसले बोकेको सन्देशलाई एक दिनमा मात्र सीमित राख्नु नहुने काफ्लेको तर्क छ । कुकुरलाई एक दिन पूजा गरेर मात्र जिम्मेवारी पूरा नहुने र यससँगै पशुकल्याणका विषयहरूलाई पनि उत्तिकै प्राथमिकताका साथ उठाउनुपर्ने तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा पर्यटनमन्त्री तथा संसदीय पर्यटन समिति सदस्यहरू, कृषिमन्त्री तथा कृषि समिति सांसदहरू, विभिन्न देशका राजदूत र कन्सुलेटहरू, पशुकल्याण समूह र संगठनहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, नाम चलेका कलाकार, खेलाडीका साथै कला र साहित्य क्षेत्रका दिग्गजहरूको उपस्थिति रहने जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँ...

#काठमाडौं
Compare →
Nagarik News
15h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
20h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#काठमाडौं #तिहार
Compare →

Related Stories

World News
Build #2612