Trending
Prev Story
Next Story

यसपालिको मनसुनमा सरदर वर्षा, कर्णालीमा धेरै

Ekantipur •
November 07, 2026 • 06:01 AM
2
2 reads 0 reactions

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको 'मनसुन २०८३ को अवस्था प्रतिवेदन'अनुसार कोशी र मधेशमा सरदरभन्दा कम वर्षा हुँदा कर्णालीमा सरदरभन्दा बढी वर्षा भएको छ ।

यसपालिको मनसुनमा सरदर वर्षा, कर्णालीमा धेरै

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको 'मनसुन २०८३ को अवस्था प्रतिवेदन'अनुसार कोशी र मधेशमा सरदरभन्दा कम वर्षा हुँदा कर्णालीमा सरदरभन्दा बढी वर्षा भएको छ ।

काठमाडौँ — यस वर्षको मनसुनमा नेपालभर समग्र वर्षा सरदरकै हाराहारीमा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको 'मनसुन २०८३ को अवस्था प्रतिवेदन'अनुसार प्रदेशगत रूपमा भने वर्षाको वितरण असमान देखिएको छ । कोशी र मधेश प्रदेशमा सरदरभन्दा कम वर्षा हुँदा कर्णालीमा सरदरभन्दा बढी वर्षा भएको छ ।

मौसम विज्ञान विभागले एलनिनोको प्रभावले मनसुनी वर्षा सरदरभन्दा कम हुने प्रक्षेपण गरेको थियो ।

प्रतिवेदनअनुसार कोशीमा सरदरको ८५.८ प्रतिशत र मधेशमा ८८.५ प्रतिशत वर्षा भएको छ । यी दुवै प्रदेशमा सामान्यभन्दा कम वर्षा भएको हो । त्यस्तै, बागमतीमा सरदरको १०८.६ प्रतिशत, गण्डकीमा १०४.४ प्रतिशत र लुम्बिनीमा १०६ प्रतिशत वर्षा भएको छ । सुदूरपश्चिममा सरदरको १०९.५ प्रतिशत वर्षा हुँदा कर्णालीमा सबैभन्दा बढी ११७.४ प्रतिशत वर्षा भएको प्रतिवेदनमा उल्लेख छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले असोज ८ देखि चार दिनसम्म अधिकांश भूभागमा लगातार वर्षा भएको थियो ।

सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्म वर्षा हुनुलाई सामान्य वर्षा मानिन्छ । यस आधारमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सामान्य वर्षा भएको देखिन्छ। कर्णालीमा सरदरभन्दा बढी तथा कोशी र मधेशमा सरदरभन्दा कम वर्षा भएको छ ।

१९९१ देखि २०२० सम्मको ३० वर्षको वर्षा अभिलेखलाई आधार मानेर सामान्य वर्षा निर्धारण गर्छ । यसलाई कुनै स्थानमा मनसुन अवधिमा सामान्यतया हुने वर्षाको तुलनात्मक मापदण्डका रूपमा लिइन्छ । औसत सामान्य हुनुको अर्थ सबै प्रदेशमा समान वर्षा भएको भन्ने होइन ।

यसवर्ष असार ५ मा भित्रिएको मनसुन असोज २८ गते बहिर्गमन भएको थियो । ११८ दिनको मनसुन अवधिमा जम्मा वर्षा १३२०.३ मिमि वर्षा भएको प्रतिवेदनमा उल्लेख छ । नेपाल मौसम विज्ञान विभागले देशभरका १२१ स्टेसनमा वर्षा मापन गरेको थियो ।

प्रतिवदेनअनुसार मनसुनजन्य विपद्‌बाट १३३ जनाको मृत्यु, १४ जना बेपत्ता र २२७ जना घाइते भए । ३ हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित  बने । यो रसुवा-भोटेकोशी बाढीबाहेकको विवरण हो । भोटेकोशी बाढीमा १ हजार ४६४ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना बेपत्ता छन् ।

गत वर्ष मनसुन अवधिमा १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३ सय घाइते भएका थिए । प्रभावित परिवारको संख्या ५ हजार ९९५ थियो ।

यस वर्ष मनसुनमा भोटेकोशी बाढी, असोज ८ देखि ११ सम्मको भारी वर्षापछिको विपद् र बुढीगण्डकी बाढी प्रमुख घटनाका रुपमा रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा
Compare →
Hamro Patro News
10h ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#वर्षा
Compare →
Bizshala
13h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली
Compare →

Related Stories

Technology
Build #2612