Trending
Prev Story
Next Story

वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न

Onlinekhabar •
November 06, 2026 • 10:00 AM
2
2 reads 0 reactions

२० कात्तिक, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले स्थानीय तहको उम्मेदवार क्लबमा वडाध्यक्ष र सदस्यमा उम्मेदवार न्यून परेपछि चिन्ता व्यक्त गरेका छन् । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका …

वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न

२० कात्तिक, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले स्थानीय तहको उम्मेदवार क्लबमा वडाध्यक्ष र सदस्यमा उम्मेदवार न्यून परेपछि चिन्ता व्यक्त गरेका छन् । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको थियो ।

हालसम्म प्राप्त आवेदनमा मुख्यतः नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष उम्मेदवारका लागि छ । वडाध्यक्ष र सदस्यको उम्मेदवारका लागि सोचे मुताविक आवेदन नपरेपछि सभापति लामिछानेले शुक्रबार चिन्ता व्यक्त गरे ।

‘हाम्रो समस्या छ यहाँ । वडाध्यक्ष उठ्न त म आफैंले राजीनामा दिएर उठ्नुपर्ने जस्तो छ,’ चितवनमा शुक्रबार लामिछानेले भने, ‘हाम्रा साथीहरूले वडाध्यक्ष हेर्दैनन् अहिले । एकैचोटि पालिका हेर्ने हो । तल हेदैनन् हाम्रा साथीहरूले । यहाँ वडाध्यक्ष हुन मन छैन कसैलाई ।’

अब राजीनामा दिएर वडाध्यक्ष लड्न आफै आउने भन्दै उनले व्यंग्य गरे । ‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैल देखिनँ’, लामिछानेले भने ।

प्रमुख र अध्यक्ष पदमा मात्रै आवेदन दिएर तल्लो पद नहेर्नुले अवसरको राजनीति छर्लंगै देखिएको उनले बताए । अवसरको राजनीति नगर्न कार्यकर्तालाई लामिछानेले सुझाव दिए ।

विगतमा कांग्रेस र कम्युनिस्टहरूले देखाएको निष्ठाको राजनीति अनुसरण गर्न उनले सुझाव दिए । पञ्चायतका ३० वर्षमा कांग्रेसका नेता कार्यकर्ताले अवसर पाइन्छ भनेर राजनीति नगरेको सुनाउँदै त्यसबाट शिक्षा लिन आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18h ago
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्न परेन एउटा पनि आवेदन

कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्न परेन एउटा पनि आवेदन

सारांश Summarized by AI राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि क्यान्डिडेट क्लबमा नाम दर्ता गर्न आह्वान गरेको छ । तर कोशी प्रदेशका ३०% पालिकामा वडाध्यक्षका लाग...

#वडाध्यक्ष #रास्वपा
Compare →
Nagarik News
1h ago
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।

#रवि-लामिछाने #रास्वपा
Compare →

Related Stories

Technology
Build #2612