Trending
Prev Story
Next Story

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

Onlinekhabar •
November 06, 2026 • 08:00 AM
3
3 reads 0 reactions

२० कात्तिक, इस्लामाबाद (रासस/एएनआई) । पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको …

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

२० कात्तिक, इस्लामाबाद (रासस/एएनआई) । पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये आठ जनालाई सामान्य चोट लागेको छ भने २५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । मुल्तानबाट कसुरतर्फ जाँदै गरेको बस देपालपुर सडकखण्डमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको जिल्ला प्रशासनले जनाएको छ । उद्धारकर्मीहरूले क्रेन तथा भारी उपकरण प्रयोग गरी तीन घण्टासम्म उद्धार कार्य गरेका थिए ।

यसैबीच, पञ्जाबमा अक्टोबर महिनामा मात्रै ४४ हजार ७९७ सडक दुर्घटना हुँदा ४६४ जनाको मृत्यु र २३ हजार ५४३ जना गम्भीर घाइते भएको उद्धार विभागले जनाएको छ । तीमध्ये करिब तीन चौथाइ दुर्घटनामा मोटरसाइकल संलग्न थिए ।

उक्त महिनामा उद्धार सेवा ११२२ ले दुई लाख ३१ हजार ५६ आपत्कालीन घटनामा सेवा दिएको थियो । यस अवधिमा एक हजार ७२६ आगलागी र ९४ डुब्ने घटना पनि अभिलेख गरिएको थियो । प्रान्तीय राजधानी लाहोरमा सबैभन्दा बढी सात हजार ८७४ सडक दुर्घटना भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
23h ago
यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा अनियन्त्रित ट्रकले २३ वटा सवारीसाधनलाई ठक्कर दिँदा तीन भारतीयसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। मृत्यु हुने भारतीयहरू केरलाको म...

#ट्रक #मृत्यु #जनाको
Compare →
Nagarik News
1h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#ट्रक #ठोक्किँदा #जनाको
Compare →
Ekantipur
23h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #जनाको
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2612