Trending
Prev Story
Next Story

तिहार सुरु, मिथिलामा आज धनतेरस मनाइँदै

Bizshala •
November 06, 2026 • 01:03 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन प्राचीन मिथिला क्षेत्रमा साँझ...

तिहार सुरु, मिथिलामा आज धनतेरस मनाइँदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन प्राचीन मिथिला क्षेत्रमा साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा छ ।

मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन धातुका नयाँ भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँ किनेर लक्ष्मीको पूजा गर्ने चलन छ । यस वर्ष तिथिको घटबढका कारण तिहार छ दिनसम्म मनाइने भएको छ ।

पञ्चाङ्गअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु भई शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ । कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए ।

आइतबार कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिनेछ । मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै दीपावली पर्व सम्पन्न हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
17h ago
छठको दोस्रो दिनः आज ‘खरना'

छठको दोस्रो दिनः आज ‘खरना'

काठमाडौँ । देशैभर छठको रौनक छ । विशेषगरी मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास बढी छ । केही वर्ष पहिलेसम्म मधेसी हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते हिन्दूले पनि बाक्लै ...

#मिथिला #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612