Trending
Prev Story
Next Story

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

Ekantipur •
November 05, 2026 • 05:01 PM
2
2 reads 0 reactions

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पार्टीको आधिकारिकता लिन लेनदेनको ‘डिल’ गरेको आरोपको प्रतिवाद गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

थापाले पार्टीको आधिकारिता लिने सवालमा अनुचित लेनदेन नभएको बताएका छन् । ‘पार्टीको आधिकारीकता लिने सवालमा राजनीतिक र कानुनी लडाइँमा रुपैयाँको होइन, एक सुकाको पनि आर्थिक लेनदेन र अनुचित काम भएको छैन,’ उनले भनेका छन्, ‘इनम सापकोटाको अडियो भनेर बजारमा आएको भनिएका आधारमा हामीले सार्वजनिक रूपमा उत्तर दिनै नपर्ने हो । तर यो पछि अब सक्कियो । अब प्रश्न हामीलाई होइन, जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने हो । यो प्रेसको पनि जिम्मा हो । अरू चासो राख्नेहरूको पनि जिम्मा हो ।’

थापाले प्रतिपक्षको आवाज बन्द गराउन यस्ता हल्ला सरकारी पक्षबाटै बाहिर ल्याइएको आशयसहितको अभिव्यक्ति दिएका छन् । ‘लोकतान्त्रिक अधिकारलाई खुम्च्याउँदै गर्दा, संस्थाहरूलाई कमजोर बनाउँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौं, प्रतिवाद गर्छौं । यो हाम्रो ड्युटी हो । हामीले जब प्रश्न उठायौं, त्यसपछि नै यस्ता हल्लाहरू बाहिर आए । के यसले हाम्रो प्रश्न गर्ने कुरा बन्द हुन्छ ? हुँदैन । गलत कुराको प्रतिवाद गर्ने र प्रश्न गर्ने कुरा बन्द हुँदैन,’ उनले भनेका छन् ।

आफ्नो सबैभन्दा बलियो पक्ष भनेकै नैतिक बल रहेको र यसैका कारण विगतमा पनि आफू बाँचेर आएको उनको भनाइ छ । ‘यस्ता लडाइँमा म किन बाँचेको छु भने म नैतिक रूपमा बलियो छु, ढलिनँ । बाँचेर आएँ । किनकि म सफा छु, स्वच्छ छु । म ठीक ठाउँमा उभिएको छु । ढुक्क रहनुहोस्,’ उनले भने, ‘गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । तपाईं मेराबारेमा जिम्मा लिएर बोल्न सक्नुहुन्छ, भन्न सक्नुहुन्छ । गगन थापाबाट कुनै गलत, अनैतिक काम भएको छैन, हुन सक्दैन ।’

थापाले प्रायोजित हल्लाका बीच पनि प्रश्नहरू मर्न नदिने दृढता व्यक्त गरे । ‘प्रश्नहरू मरे प्रजातन्त्र सकिन्छ । हाम्रो प्रगति पनि सकिन्छ । आजको मूल प्रश्न भनेकै के हामी प्रश्नलाई बचाउन सक्छौं भन्ने हो । सबैको ध्यान यसैमा जाओस्,’ भिडियो सन्देशमा उनले भनेका छन् ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा...

#इनम #सापकोटा
Compare →
Nagarik News
5d ago
‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

#अनुसन्धान #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612