Trending
Prev Story
Next Story

काठमाडौंको घातक बलिङसामु विराटनगर ब्याटिङ ध्वस्त, ९ ओभरमा ३२ रन जोड्दा गुम्यो ६ विकेट

Nagarik News •
November 05, 2026 • 12:05 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी १५औं खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ।

काठमाडौंको घातक बलिङसामु विराटनगर ब्याटिङ ध्वस्त, ९ ओभरमा ३२ रन जोड्दा गुम्यो ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी १५औं खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ९ ओभर सकिँदा ६ विकेट गुमाएर मात्र ३२ रन जोड्न सकेको छ।

हाल क्रिजमा अनुभवी विदेशी खेलाडी एन्जेलो म्याथ्युज ६ रन तथा आन्द्रे रसेल २ रन बनाएर संघर्ष गरिरहेका छन्।

विराटनगरका शीर्ष तथा मध्यक्रमका ब्याटरहरू सस्तैमा पभेलियन फर्किए। बसिर अहमदले बनाएको १० रन नै टोलीको व्यक्तिगत उच्च स्कोर रह्यो।

सेहान जयसूर्या ५ रन र लोकेश बम ६ रनमा आउट हुँदा इमरान शेख, नारायण जोशी र शुभम रन्जाने खाता नै नखोली शून्य रनमा आउट भए।

विराटनगरले २९ रनबाट ३० रन पुग्दा ३ विकेट गुमाएको थियो। काठमाडौंका बलरहरूले उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेका छन्।

सहाँन अराचिगेले २ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिएका छन्। त्यस्तै, करण केसी, जहानदाद खान, शाहब आलम र सन्तोष यादवले समान १-१ विकेट हात पारेका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ १७:५० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
एनपीएलमा लुम्बिनीविरुद्ध 'गर या मर'को खेल खेल्दै विराटनगर, यस्तो छ अहिलेसम्मको नतिजा

एनपीएलमा लुम्बिनीविरुद्ध 'गर या मर'को खेल खेल्दै विराटनगर, यस्तो छ अहिलेसम्मको नतिजा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २6 औँ खेलमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् । खेल साँझ ५ बजेदेखि शुरु हुनेछ । यो खेल विराटनगरका लागि गर या मरको हुनेछ । ख...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Onlinekhabar
14h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Arthasansar
14h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Ekantipur
2h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #ओभर
Compare →

Related Stories

Sports
Build #2612