Trending
Prev Story
Next Story

रास्वपा सांसद सुनारको बयान : 'सार्वजनिक अडियोमा आवाज भएकी महिला चिन्दिनँ'

Ekantipur •
November 05, 2026 • 12:01 PM
3
3 reads 0 reactions

महिला हिंसाको आरोपमा सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले इन्कारी बयान दिएको र महिलाला नचिन्ने भनी बयान दिएको अवस्थामा थप कारबाही गर्न आवश्यक नभएको रास्वपाका एक पदाधिकारीले बताए ।

रास्वपा सांसद सुनारको बयान : 'सार्वजनिक अडियोमा आवाज भएकी महिला चिन्दिनँ'

महिला हिंसाको आरोपमा सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले इन्कारी बयान दिएको र महिलाला नचिन्ने भनी बयान दिएको अवस्थामा थप कारबाही गर्न आवश्यक नभएको रास्वपाका एक पदाधिकारीले बताए ।

काठमाडौँ — महिला हिंसाको आरोपमा पार्टीको आन्तरिक अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले अनुशासन आयोगले गठन गरेको छानबिन समिति समक्ष बयान दिएका छन् । सांसद सुनारले इन्कारी बयान दिएको भन्दै थप कारबाही गर्न नहुने आवाज रास्वपाभित्र उठ्न थालेको छ ।

पार्टी अनुशासन समितिले गठन गरेको अनुसन्धान समितिले सुनारसँग सुरुमा लिखित र त्यसपछि मौखिक बयान लिएको थियो  । रास्वपा स्रोतका अनुसार लिखित बयानमा आफूमाथि लागेको महिला हिंसाको आरोपमा इन्कारी बयान दिएका सुनारले मौखिक बयानमा भने ती महिलालाई आफूले नचिन्ने भनेको स्रोतले जानकारी दियो ।

रास्वपा अनुशासन समितिले गठन गरेको अनुसन्धान समितिमा मौखिक बयानमा सुनारले दिएको जवाफ उल्लेख गर्दै स्रोतले भन्यो, 'समितिले अडियोमा सुनिने महिलालाई चिन्नुहुन्छ कि हुन्न ? भन्ने प्रश्न गरेका थियौं । उहाँले चिन्दिनँ भन्ने बयान दिनुभयो । अडियोसँग सम्बन्धित प्रश्नमा उहाँले आफूलाई थाहा छैन, त्यो अडियो आफ्नो होइन भनी इन्कारी बयान दिनुभयो । लिखितमा जस्तो मौखिकमा पनि इन्कारी बयान छ ।'

जनआस्था पत्रिकाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमा : पूर्वमन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारसँगै सार्वजनिक अडियोमा सुनारले एक महिलालाई अश्लील गाली गरेको, पैसा मागेको, मार्ने धम्की दिएको सुनिन्छ । सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो र तस्बिर बनाएर ‘ब्ल्याकमेल’ गरेको समाचारमा दाबी गरिएको थियो । उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई निलम्बनको अवस्थामा राखिएको छ । रास्वपा महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, 'अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई  सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।'

रास्वपाले सुनारको सम्बन्धमा आएको अडियो लगायतका विषयमा अनुसन्धान गर्न पार्टीको अनुशासन आयोगलाई जिम्मा दिएको थियो । पार्टीको अनुशासन आयोगले उक्त प्रकरणको अनुसन्धान गर्न ६ सदस्यीय समिति गठन गरेको थियो । समितिको संयोजक अनुशासन आयोगका उपप्रमुख एवं प्रवक्ता हरिचन्द्र भट्टराईलाई बनाइएको छ । सदस्यमा रामचन्द्र कार्की, सुशीला सिम्खडा, सन्तोष आचार्य, सन्तोष विशुंके र उपेन्द्र नन्दन तिमिल्सिना रहेका छन् । यो समितिले जनआस्थाको कार्यालय पुगेर सुनारको भनिएको अडियोसहितका प्रमाण बुझेको थियो । त्यस्तै, पीडित महिलाले न्यूज २४ टीभीमा गएर अन्तर्वार्ताको अडियो संकलन गरेको थियो ।

अनुसन्धान समितिमा गएर सांसद तथा केन्द्रीय सदस्य सुनारले आरोपबारे इन्कारी बयान दिएपछि रास्वपाका केही पदाधिकारी र सांसद तथा केन्द्रीय सदस्यले कुनै कारबाही गर्न नहुने बताउन लागेका छन् । रास्वपाका एक पदाधिकारीले भने, 'यो घटना पनि २०७८ सालको रहेछ, आजभन्दा ५ वर्ष पुरानो । उहाँले इन्कारी बयान दिनुभएको छ । महिलाले पनि इन्कारी बयान दिएको जानकारी आएको छ । अब यसमा थप अनुसन्धान र कारबाही गर्नु आवश्यक छैन ।' ती पदाधिकारीका अनुसार सुनार रास्वपामा संलग्न हुनु पहिले नै महिला हिंसाको घटनामा संलग्न भएकाले अहिले अनुसन्धान र कारबाही गर्न आवश्यक छैन ।

रास्वपाको अनुशासन आयोगले भने इन्कारी बयान दिएकाले अडियो परीक्षण गर्ने जानकारी दिएको थियो । सत्यतथ्य पत्ता लगाउनका लागि पीडित महिला र सांसद सुनारको भनिएको अडियोको प्रयोगशालामा परीक्षण गरिने बतायएको थियो ।

अनुसन्धान समितिका संयोजक हरिचन्द्र भट्टराईले सुनारमाथिको थप विषय तिहारपछि अगाडि बढ्ने जानकारी दिए । तिहार पछि नै सुनार प्रकरणमा आएका प्रमाणहरूलाई विश्लेषण गरेर निष्कर्ष निकाल्ने उनको भनाइ छ । 'बयान कार्य सम्पन्न भयो । बयानमा के कसो भएको छ भन्ने कुराबारे जानकारी हुन सकेको छैन । समितिको बैठक बसेर त्यो बयानको कागज फाइल खोल्नेछौं । त्यसपछि बयान र प्रमाण राख्छौं र विश्लेषण गरेर निष्कर्ष निकाल्छौं,' संयोजक भट्टराईले भने  ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँ...

#सांसद #रास्वपा
Compare →
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#सांसद #रास्वपा
Compare →
Onlinekhabar
23h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा #सांसद
Compare →
Bizshala
20h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#बयान
Compare →

Related Stories

Politics & Governance
Build #2612