Trending
Prev Story
Next Story

महँगीले चाडपर्व धान्नै मुस्किल, उत्पादन बेचेर तिहार खर्च जुटाउँदै

Ekantipur •
November 05, 2026 • 10:01 AM
2
2 reads 0 reactions

आफ्नै खेतबारीमा उब्जाएका वस्तु बिक्री गरेर परिवारले पर्व खर्च जुटाइरहेका छन्, तर बढ्दो महँगीले उनीहरूको चाडपर्व कठिन बनाएको छ।

महँगीले चाडपर्व धान्नै मुस्किल, उत्पादन बेचेर तिहार खर्च जुटाउँदै

आफ्नै खेतबारीमा उब्जाएका वस्तु बिक्री गरेर परिवारले पर्व खर्च जुटाइरहेका छन्, तर बढ्दो महँगीले उनीहरूको चाडपर्व कठिन बनाएको छ।

सल्यान — जिल्लाका ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा आफ्नै खेतबारीमा उत्पादित कृषिजन्य वस्तु बिक्री गरेर तिहार खर्च जुटाउँदै आएका छन् । बेरोजगारी र कमजोर आर्थिक अवस्थाका कारण जयतपानी, सीमखर्क, मार्के, मधाना, बागचौर, सापमारा र कजेरीका महिला स्थानीय उत्पादन बोकेर सदरमुकाम खलङ्गा र श्रीनगर बजार पुग्ने गरेका छन् ।

एकदेखि दुई घण्टासम्म पैदल हिँडेर बजार पुग्ने उनीहरूले अदुवा, बदाम, हलुवाबेद, विभिन्न किसिमका तरकारी, भटमास, तिल, गेडागुडी, कोदो र गहुँ बिक्री गर्दै आएका छन् । तिहार खर्च जुटाउन कतिपयले पाक्न नपाउँदै सुन्तलासमेत बिक्री गरिरहेका छन् ।

घरका सबै बेरोजगार रहेको र कृषि पेसाबाटै जीविकोपार्जन गर्नुपर्ने भएकाले पाखोबारीमा उत्पादित बदाम बिक्री गरेर तिहार खर्च जुटाइरहेको शारदा नगरपालिका–८ की ५० वर्षीया पिरमी बोहराले बताइन् । घरबाट दैनिक डेढ घण्टा पैदल हिँडेर खलङ्गा बजार आउने उनले प्रतिमाना १०० रुपैयाँमा बदाम बिक्री गरिरहेको जानकारी दिइन् ।

‘रोटी पकाउनु पर्‍यो, मासु खानु पर्‍यो, अन्य सामग्री किन्नु पर्‍यो । घरमा आएका छोरीबेटीलाई खुवाउनु पर्‍यो । महँगी बढिरहेको छ । थोरै रकमले पुग्दैन । त्यही भएर घरमा उत्पादित बदाम बिक्री गरिरहेको छु,’ उनले भनिन् । चार दिनमा चार हजार रुपैयाँको बदाम बिक्री गरेको उनको भनाइ छ ।

‘श्रीमान् मजदुरी गर्छन् । उनको कमाइले ६ जनाको परिवारको घरखर्च चलाउन धौ छ । पैसा आउने अन्य बाटो छैन । वर्ष दिनमा एकपटक आउने तिहार पर्व जसोतसो भए पनि मनाउनु पर्‍यो । त्यही भएर आफ्नै पाखोबारीमा उत्पादित भटमास, तिल र ताजा तरकारी बिक्री गर्दै आएको छु,’ शारदा नगरपालिका–६ सापमाराकी ४० वर्षीया सावित्रा बस्नेतले भनिन् ।

लगातार केही दिनयता विभिन्न सामग्री बिक्री गरेर १० हजार रुपैयाँ जम्मा गरेको उनले बताइन् । गत वर्ष १० हजार रुपैयाँले तिहार खर्च पुगेको भए पनि यसपालि महँगी बढेकाले २५ हजार रुपैयाँभन्दा बढी लाग्ने उनको अनुमान छ । दैनिक बढिरहेको महँगीका कारण पर्व मनाउन निकै गाह्रो भएको उनले बताइन् ।

बेरोजगारीका कारण कृषि पेसा अँगाल्न बाध्य भएका बागचौरका किसान रुद्र बुढाले बढ्दो देखासिकीले दसैं–तिहारजस्ता पर्व महँगिँदै गएको बताए । आम्दानीको स्रोत नै कृषिजन्य वस्तु भएकाले राम्रोसँग पाकेका सुन्तला र टिम्मुरसमेत बिक्री गर्नुपरेको उनको भनाइ छ । महँगी बढ्दै जाँदा पहिलाभन्दा बढी मेहनत र दुःख गर्नुपरेको उनले बताए ।

बागचौरकी निर्मला नेपालीले आयस्रोत केही नभएको र बिक्री गर्न सक्ने अन्य वस्तु पनि नभएकाले दाउरा बेचेर तिहार खर्च जुटाइरहेको बताइन् । एउटा भारी दाउरा ३/४ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिइन्। ५० देखि ७० किलोसम्मको दाउराको भारी बोकेर दुई घण्टा हिँडेर खलङ्गा पुर्‍याउँदा पनि मेहनतअनुसारको आम्दानी नहुने उनको भनाइ छ । बढ्दो महँगीका कारण कमजोर आर्थिक अवस्था भएका परिवारलाई चाडपर्व मनाउन निकै गाह्रो भएको उनले बताइन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

#खर्च
Compare →
Hamro Patro News
1d ago
साईबर सेक्यूरिटी एडभाईजरी २०२६ : चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

साईबर सेक्यूरिटी एडभाईजरी २०२६ : चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

काठमाडौँ- नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ। तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रह...

#चाडपर्व
Compare →
Onlinekhabar
3d ago
भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

२५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ । झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा …

#चाडपर्व #तिहार
Compare →

Related Stories

Business & Economy
Build #2612