Trending
Prev Story
Next Story

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

Arthasansar •
November 05, 2026 • 08:05 AM
3
3 reads 0 reactions

एनआईसी एशिया बैंकले प्रमुख सुरक्षा अधिकृत (चिफ सेक्युरिटी अफिसर) पदमा कर्मचारी माग गरेको छ। बैंकले एक जना कर्मचारी नियुक्त गर्नका...

1 / 2
Swipe Photos

एनआईसी एशिया बैंकले प्रमुख सुरक्षा अधिकृत (चिफ सेक्युरिटी अफिसर) पदमा कर्मचारी माग गरेको छ। बैंकले एक जना कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो।

बैंकले करार सेवामा पदपूर्ति गर्न लागेको उक्त पदका लागि योग्य तथा अनुभवी व्यक्तिबाट आवेदन माग गरेको छ। इच्छुक उम्मेदवारले कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकका अनुसार प्रमुख सुरक्षा अधिकृतले बैंकको समग्र सुरक्षा व्यवस्थापनको नेतृत्व गर्नुपर्नेछ। बैंकका कर्मचारी, ग्राहक, कार्यालय, सम्पत्ति तथा बैंकिङ गतिविधिको सुरक्षा सुनिश्चित गर्नु यस पदको मुख्य जिम्मेवारी हुनेछ।

यस पदमा नियुक्त हुने व्यक्तिले बैंकका शाखा कार्यालय, कर्पोरेट कार्यालय, एटीएम, नगद व्यवस्थापन केन्द्रलगायतका सम्पत्तिको सुरक्षा व्यवस्था मिलाउनुपर्नेछ। साथै सुरक्षा नीति तथा कार्ययोजना बनाउने, सम्भावित जोखिम पहिचान गर्ने र त्यसलाई कम गर्ने उपाय अपनाउनुपर्नेछ। त्यसैगरी सुरक्षा कर्मचारी तथा बाह्य सुरक्षा सेवा प्रदायकको व्यवस्थापन, सीसीटीभी, अलार्म र प्रवेश नियन्त्रण प्रणालीको निगरानी पनि प्रमुख सुरक्षा अधिकृतको जिम्मेवारीमा रहनेछ। आपत्कालीन अवस्था तथा संकट व्यवस्थापनका योजना बनाउने र नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बन्धित निकायसँग समन्वय गर्नुपर्नेछ।

यस पदका लागि व्यवस्थापन, सुरक्षा व्यवस्थापन, कानुन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा मान्यता प्राप्त सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने संस्थामा कम्तीमा १० वर्ष काम गरेको अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ। वरिष्ठ पदमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

बैंकिङ वा वित्तीय संस्थाको सुरक्षा व्यवस्थापनमा काम गरेको अनुभव भएका उम्मेदवारलाई थप प्राथमिकता दिइनेछ। साथै सुरक्षा व्यवस्थापन, जोखिम मूल्यांकन तथा निगरानी प्रणालीसम्बन्धी राम्रो ज्ञान, नेतृत्व क्षमता, संकट व्यवस्थापन, निर्णय क्षमता र उच्च व्यावसायिक आचरण भएको हुनुपर्ने बैंकले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
20h ago
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

काठमाडौं– नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले रिक्त रहेका ...

#बैंकमा #रोजगारी #अवसर
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा #रोजगारी
Compare →
Nagarik News
2d ago
दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

जुलाईदेखि लगातार चार महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहेको हो। यसले समग्र श्रम बजारमा सुधार देखिए पनि त्यसको लाभ सबै उमेर समूहमा समान रूपमा पुग्न नसकेको देखाउँछ।

#रोजगारी #अवसर
Compare →

Related Stories

Business & Economy
Build #2612