Trending
Prev Story
Next Story

एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

Ekantipur •
November 05, 2026 • 07:31 AM
3
3 reads 0 reactions

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले ३२ वर्षीय सोनुकुमार सिन्हालाई पक्राउ गरेको हो।

एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले ३२ वर्षीय सोनुकुमार सिन्हालाई पक्राउ गरेको हो।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएलमा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट रु ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुल्न आएको छ ।

निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
एनपीएल: लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै

एनपीएल: लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको प्रतिस्पर्धामा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस आफ्नो पक्षमा पार्दै पहिले फिल्डिङ रोजेको छ।

#एनपीएल #काठमाडौं
Compare →
Onlinekhabar
11h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612