Trending
Prev Story
Next Story

पोखरामा दृष्टिविहीन युवा र महिलाको राष्ट्रिय भेला

Ekantipur •
November 05, 2026 • 06:31 AM
2
2 reads 0 reactions

सातै प्रदेशबाट छनोट भएका १०० जना सहभागीले नेतृत्व विकास, साझा समस्या पहिचान र निर्णय प्रक्रियामा सहभागिताका प्राथमिकता तय गर्नेछन्।

पोखरामा दृष्टिविहीन युवा र महिलाको राष्ट्रिय भेला

सातै प्रदेशबाट छनोट भएका १०० जना सहभागीले नेतृत्व विकास, साझा समस्या पहिचान र निर्णय प्रक्रियामा सहभागिताका प्राथमिकता तय गर्नेछन्।

पोखरा — दृष्टिविहीन तथा न्यून दृष्टिविहीन युवा र महिलाका सवाल उजागर गर्दै उनीहरूको नेतृत्व विकास र निर्णय प्रक्रियामा सहभागिता बढाउने उद्देश्यले पोखरामा पहिलोपल्ट राष्ट्रिय भेला आयोजना भएको छ ।

नेपाल नेत्रहीन संघले बिहीबार पोखरामा राष्ट्रिय युवा तथा महिला भेला आयोजना गरेको हो । भेलामा सातै प्रदेशबाट छनोट भएका एक सयजना सहभागी छन् । तीमध्ये १८ देखि २९ वर्ष उमेर समूहका ६२ जना युवा र ३० वर्षमाथिका ३८ जना महिला छन् ।

भेलाका स्थानीय आयोजक समिति संयोजक लक्ष्मण सुवेदीले दृष्टिविहीन युवा र महिलाका मुद्दा उनीहरू आफैंले उठाउने र नेतृत्व गर्ने वातावरण बनाउन भेला आयोजना गरिएको बताए । ‘यो कार्यक्रम दृष्टिविहीन युवा र महिलाका सवालमा संघको प्रतिबद्धता र उनीहरूको नेतृत्व विकासका लागि गरिएको प्रयास हो,’ उनले भने, ‘उनीहरूका आवाजलाई समाज र राज्यको निर्णय प्रक्रियासम्म पुर्‍याउन यो भेलाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

भेला स्थानीय आयोजक समिति सदस्य सचिव खोमराज शर्माले भेलाबाट दृष्टिविहीन युवा र महिलाका साझा समस्या पहिचान गरी कार्यान्वयन गर्न सकिने प्राथमिकता तय गरिने बताए । ‘सहभागीले आफैं आफ्ना सवाल र प्राथमिकता निर्धारण गर्नेछन् । भेलाले तय गरेका विषयलाई कार्यआह्वानका रूपमा अघि बढाउँदै त्यसको कार्यान्वयनका लागि छुट्टाछुट्टै समिति बनाइनेछ,’ उनले भने ।

उद्घाटनपछि महिला र युवाका छुट्टाछुट्टै समानान्तर सत्र सञ्चालन हुनेछन् । महिला सत्रमा हिंसामुक्त र सुरक्षित जीवन, आर्थिक स्वतन्त्रता र मर्यादित जीवन तथा नेतृत्व र निर्णय प्रक्रियामा दृष्टिविहीन महिलाको सहभागिताका विषयमा छलफल हुनेछ । युवा सत्रमा आत्मनिर्भर र स्वाभिमानी युवा, स्वस्थ युवा र कुशल नेतृत्व तथा डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ताले सिर्जना गरेका अवसरबारे छलफल गरिनेछ ।

दुवै समूहका सहभागीले आ–आफ्ना पाँच–पाँच प्राथमिकता तय गर्नेछन् । भेलाले ‘पोखरा कार्यआह्वान’ पारित गर्नुका साथै नौ सदस्यीय महिला समिति र नौ सदस्यीय युवा समिति गठन गर्नेछ । गठित समितिले संघको सहयोगमा एक वर्षसम्म भेलाले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा काम गर्नेछन् । समितिका सदस्यका लागि २० देखि २२ कात्तिकसम्म नेतृत्व विकास, पैरवी तथा प्रभावकारी सञ्चारसम्बन्धी तालिमसमेत सञ्चालन गरिनेछ ।

भेलास्थलमा साँझ ५ बजेसम्म मोबाइल तथा ल्यापटप क्लिनिक र सहायक प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ । सहभागीलाई मोबाइल तथा ल्यापटपमा स्क्रिन रिडर र पहुँचयुक्तता सेटिङ मिलाउन सहयोग गरिनेछ । दृष्टिविहीन सहभागीको सहजताका लागि भेलाका सम्पूर्ण सामग्री ब्रेल, ठूलो अक्षर, अडियो र पहुँचयुक्त डिजिटल ढाँचामा उपलब्ध गराइनेछ । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका विभिन्न व्यवस्थाअनुरूप आयोजना गरिएको भेला डेनिस एसोसिएसन अफ द ब्लाइन्ड र करुणा फाउन्डेसन नेपालको सहयोगमा राइज कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
पोखरामा छठ पर्व : चार स्थानमा पूजा

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

कास्की- पोखराका चार स्थानमा छठ पर्व मनाउनका लागि पूजाको तयारी गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरुमा जस्तै यस वर्ष पोखरामा समेत भव्य रूपमा मनाउन लागिएको हो । ...

#पोखरा
Compare →
Onlinekhabar
13h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →
Nagarik News
18h ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।

#भेला
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612