Trending
Prev Story
Next Story

सुन-चाँदीका सिक्का किन्नेहरूको भिड

Onlinekhabar •
November 05, 2026 • 06:31 AM
2
2 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ । राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज बिहान ११ बजेदेखि दिउँसो ३ …

सुन-चाँदीका सिक्का किन्नेहरूको भिड

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ ।

राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन–चाँदीका सिक्का बिक्री सुरु गर्दैछ । खरिद–बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने छ ।

तिहारमा सुन–चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ राष्ट्र बैंकबाट सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने प्रचलन छ । राष्ट्र बैंकबाट बिक्री हुने सुन-चाँदीका सिक्कामा शुद्धता प्रतिशत बढी हुने विश्वासले पनि उपभोक्ताहरु खरिदका लागि पुग्ने गर्दछन् ।

गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । यस वर्ष भने वाणिज्य बैंकबाट ३५ किलो सुन खरिद गरी असर्फी पनि बिक्री थालेको छ ।

एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

असर्फी र चाँदीको सिक्का (मेडालियन)को मूल्य सुन–चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुन्छ । आज सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसैगरी चाँदी पनि तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । यो मूल्यमा सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडेर राष्ट्र बैंकले बिक्री गर्दछ ।

सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन राष्ट्र बैंकले भनेको छ । खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
19h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन #चाँदी
Compare →
Ekantipur
21h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →
Nagarik News
22h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुन #चाँदी
Compare →
Arthasansar
1h ago
सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा घटी रहेको छ । तिहार अघि र तिहार खुले पछिको कारोबार गरि...

#सुन
Compare →
Hamro Patro News
20h ago
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ...

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612