Trending
Prev Story
Next Story

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

Bizshala •
November 05, 2026 • 06:04 AM
2
2 reads 0 reactions

काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् ।ऊर्जा, जलस्रोत तथा...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए।

उनकाअनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर)ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले रु. ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई  सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा  सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताए।

‘यी चार ठूला आयोजनाले मात्र रु. १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो,ʼ उनले भने।

विभागकाअनुसार प्रगन्ना–बड्कापथ (दाङ)ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शत प्रतिशत लक्ष्य पूरा गरेका छन् ।

‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछʼ, महानिर्देशक रजौरियाले भने।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

२४ कात्तिक, काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमासिक अवधिमा लक्ष्यको १८.८४ प्रतिशत बजेट खर्च गर्न सक्यो । खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ । …

#त्रैमासिक #बजेट #कार्यान्वयन
Compare →
Hamro Patro News
6d ago
लुम्बिनीविरुद्ध काठमान्डुको उत्कृष्ट सुरुवात

लुम्बिनीविरुद्ध काठमान्डुको उत्कृष्ट सुरुवात

काठमाडौँ । लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ थालेको काठमान्डु गुर्खाजले उत्कृष्ट सुरुवात गरेको छ । पहिलो पावर प्ले (६ ओभरको समाप्ति) काठमान्डुले बिनाकुनै विकेटको क्षतिमा ४५ रन बनाएको छ...

#सुरुवात
Compare →
Nagarik News
1h ago
खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

#आयोजना #बजेट
Compare →
Ekantipur
21h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#सिँचाइ
Compare →

Related Stories

Business & Economy
Build #2612