Trending
Prev Story
Next Story

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

Onlinekhabar •
November 05, 2026 • 03:00 AM
2
2 reads 0 reactions

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै …

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै आपत्ति छैन भन्दै ‘युनिभर्सल सर्टिफिकेट’ दिइसकेको थियो । अर्थात्, सेन्सर बोर्डले भनेको थियो, ‘तिम्रो फिल्म प्रदर्शनमा कुनै समस्या छैन, निर्धक्क देखाउन सक्छौ ।’

हिजो मात्र  सेन्सर बोर्डको अनुमति पाएको फिल्म साँझतिर भने रोकिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले पत्राचार गर्दै फिल्म निर्माण टिमलाई तत्काल यो फिल्म प्रदर्शन नगर्न आदेश  दिएको बताइन्छ । यसले फिल्म निर्माण टिमलाई ठूलो झड्का लागेको छ ।

‘बुकिङ नखोल्नु, गृह सचिवको ठाडो आदेश छ’ भन्दै मन्त्रालयका कर्मचारीले फोन गरेको स्रोत बताउँछ । स्रोतका अनुसार, ‘चिठी बुझ्न सिंहदरबार आउनु भनिएको छ ।’

फिल्म निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा सो फिल्म रोक्न आग्रह गरेका थिए । ‘सोहीअनुरूप गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई फिल्म प्रदर्शन नगराउन आदेश दिएको थियो,’ स्रोत भन्छ । फिल्म प्रदर्शनमा रोक लगाइएकोमा फिल्मकर्मीहरूले आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले ‘यस विषयमा भोलि छलफल गरेर सबै कुरा मिलाउँला’ भनेको स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस सिनेमा बुझ्दैन शासक

फिल्मको थिम पोस्टर सार्वजनिक भएसँगै एउटा समूह यसप्रति असन्तुष्ट थियो । उनीहरूले यो फिल्मले आफ्नो आस्थामाथि चोट पुर्‍याएको भन्दै आलोचना गरिरहेका थिए । फिल्मका मुख्य पात्र हरिवंश आचार्य यसका मुख्य निशानामा थिए । हरिवंश आचार्यमाथि अनर्गल आरोप लगाउँदै उनको फिल्म ‘बहिष्कार गर्नुपर्छ’ भन्ने समूह सुरुदेखि नै सक्रिय थियो । तिनै समूहको दबाबका कारण फिल्म प्रदर्शन रोक्न सूचित गरिएको निर्माण पक्षको भनाइ छ ।

झट्ट हेर्दा फिल्म ‘महाभारत’माथि बनेको जस्तो देखिए पनि फिल्मले त्यसलाई केवल लाक्षणिक रूपमा मात्र जोडेको छ । फिल्मको कथा मूलतः दाजुभाइबीचको सम्बन्धमा केन्द्रित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूको बोली फेरियो, भने– ‘उत्कृष्ट सिनेमा’

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूको बोली फेरियो, भने– ‘उत्कृष्ट सिनेमा’

काठमाडौं- हिन्दु धर्मगुरुहरूले फिल्म ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमवार ‘पाँच पाण्डव’ हेरेका हुन् । फिल्म हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो फिल्ममा केही नरहेको बताएका छन...

#फिल्म #पाण्डव
Compare →
Nagarik News
22h ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#फिल्म #प्रदर्शन
Compare →
Ekantipur
13h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →

Related Stories

National (Nepal)
Build #2612