Trending
Prev Story
Next Story

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

Ekantipur •
November 05, 2026 • 01:01 AM
3
3 reads 0 reactions

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्छ।

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्छ।

काठमाडौँ — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्र...

#पहाडी #मौसम #हिमाली
Compare →
Nagarik News
4h ago
पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ।

#पहाडी #हिमाली #पश्चिमी
Compare →
Onlinekhabar
4h ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

२८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी …

#पहाडी #हिमाली #पश्चिमी
Compare →
Bizshala
1d ago
आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#मौसम #हिमाली #क्षेत्रमा
Compare →

Related Stories

Technology
Build #2612