Trending
Prev Story
Next Story

गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु

Onlinekhabar •
November 04, 2026 • 01:31 PM
3
3 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता दिलाउने उद्देश्यले ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित यस केन्द्रको …

गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता दिलाउने उद्देश्यले ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित यस केन्द्रको बुधबार विभागीय मन्त्री दीपककुमार साहले काठमाडौं त्रिपुरेश्वरमा औपचारिक उद्घाटन गरे ।

सरकारले यस केन्द्रको स्थापनालाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ ।

केन्द्र सञ्चालनसँगै अब स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने बाटो खुलेको छ ।

यसअघि यस्तो मान्यताप्राप्त गर्न विदेशी निकायको भर पर्नुपर्ने बाध्यता थियो । मन्त्रालयका अनुसार स्वदेशमै सेवा उपलब्ध भएपछि उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणमा लाग्ने समय र चर्को खर्च कटौती हुनेछ ।

त्यस्तै साथै खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरण लगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाहरूको विश्वसनीयता बढ्ने छ । यसबाट अन्ततः आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सकारात्मक प्रभाव पर्ने सरकारको अपेक्षा छ ।

निर्यात प्रवर्द्धन र अन्तर्राष्ट्रिय मान्यतामा जोड

नेपाली उत्पादनलाई विश्व बजारमा सम्मानजनक स्थान दिलाउन यस केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गरेर निर्यात व्यापारलाई सहज बनाउने सरकारको लक्ष्य छ ।

यसबाट नेपाली वस्तुको गुणस्तरप्रति विश्व बजारको विश्वास बढ्ने र निर्यातकर्ताहरूले भोग्दै आएका प्रक्रियागत झन्झट न्यूनीकरण हुने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले मन्त्रालयको दायित्व उद्योग खोल्ने वातावरण बनाउनु मात्र नभई नेपाली उद्योगलाई विश्व बजारमा स्थापित गर्नु रहेको बताएका छन् ।

नागरिकले सुरक्षित वस्तु पाउनुपर्ने र उद्योगीले अनावश्यक झन्झटबाट मुक्ति पाउनुपर्ने मान्यतालाई मन्त्रालयले आत्मसात् गरेको उनको भनाइ छ ।

आगामी दिनमा नेपाल प्रत्यायन केन्द्रको प्राविधिक तथा संस्थागत क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने र स्वदेशी प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1h ago
भारतीय बजारमा नेपाली सामान बेच्न प्रमाणीकरणको झन्झट हटाउन माग, नेपालमै प्रयोगशाला खोल्ने प्रस्ताव

भारतीय बजारमा नेपाली सामान बेच्न प्रमाणीकरणको झन्झट हटाउन माग, नेपालमै प्रयोगशाला खोल्ने प्रस्ताव

काठमाडौं । नेपाली उद्योगले उत्पादन गरेका सिमेन्ट, स्टिलदेखि जुत्ता र चियासम्म भारतीय बजारमा पुर्‍याउन गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन नेपालले भारतसँग प्रस्ताव गरेको छ। प्रमाणपत्र लिन लाग्ने लामो ...

#काठमाडौं #प्रमाणीकरण
Compare →

Related Stories

National (Nepal)
Build #2612