अर्थमन्त्री वाग्ले र विदेश सचिव मिस्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
अर्थमन्त्री वाग्ले र विदेश सचिव मिस्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे । भेटमा अर्थसचिव घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।