Trending
Prev Story
Next Story

एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा

Arthasansar •
October 19, 2026 • 03:30 PM
3
3 reads 0 reactions

काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त...

एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा

क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ । त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रीम इनर्जी ड्रिङ्को क्यान ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रीमले सात वटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ । एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ । एक्स्ट्रीमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पुर्‍याउने प्रयास गरेको छ ।

क्रिकेटको क्रेजः सात टिम, सात पहिचान

क्रिकेटप्रेमीका लागि आफ्नो फेभरेट टिम केवल एउटा नाममात्र होइन । टिमप्रतिको समर्थन भनेको खेलाडीप्रतिको विश्वास र भावनासँग जोडिएको हुन्छ । मैदानमा प्रत्येक रनसँगै बढ्ने धडकन होस् वा विकेट खस्दा गुञ्जिने हुटिङ, समर्थकको यही भावना क्रिकेटको वास्तविक रौनक हो । यही भावनालाई एक्स्ट्रीमले आफ्नो विशेष क्यानमार्फत माया दर्शाउने नयाँ तरिका लिएर आएको हो । प्रायोजनको लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत अब समर्थकहरूले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन् । अब एक्स्ट्रम इनर्जी ड्रिङ्क पिउनुमा मात्र सीमित रहने छैन । यसको प्रयोग आफ्नो फेवरेट टिमप्रतिको माया, र समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्ने अर्को माध्यम बन्न सक्नेछ ।

क्रिकेटको रौनक अब मैदानदेखि बजारसम्म

नेपाली क्रिकेटको लोकप्रिय उत्सवका रूपमा स्थापित हुँदै गएको एनपीएलले क्रिकेटप्रेमीमाझ विशेष उत्साह सिर्जना गर्दै आएको छ । यही उत्साहमा युवा पुस्ताको रुचि र क्रिकेटप्रतिको क्रेजलाई जोड्ने उद्देश्यसहित एक्स्ट्रीमले विशेष क्यान बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो पहलले समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिनेछ । साथै, एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर निकाल्दै बजारदेखि खेलप्रेमीहरूको जमघटसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खेल हेर्दै टोलीको समर्थन गर्ने होस् वा साथीभाइसँग क्रिकेटको चर्चा गर्ने, एक्स्ट्रीमको स्पेसल एडिसन क्यान समर्थकलाई आफ्नो मनपर्ने टोलीसँग अझ नजिकबाट जोड्ने माध्यम बन्न सक्नेछ । यो पहलले मैदानमा प्रतिस्पर्धा गरिरहेका टोलीहरूसँगै मैदानबाहिर रहेका समर्थकहरूको उत्साह, टिमप्रतिको गर्व र आपसी समर्थनलाई समेत जोड्ने विश्वास गरिएको छ ।

क्रिकेटमा खेलाडीहरू मैदानमा आफ्नो टोलीका लागि प्रतिस्पर्धा गर्छन् भने समर्थकहरू मैदानबाहिरबाट आफ्नो विश्वास र उत्साहका साथ टोलीको हौसला बढाउँछन् । एक्स्ट्रीमले यही सम्बन्धलाई विशेष क्यानमार्फत थप नजिक ल्याउने प्रयास गरेको छ ।

अब रोज्नुहोस्, आफ्नै फेभरेट टिमको क्यान

एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रीम इनर्जी डिङ्कका यी विशेष क्यानहरू उपभोक्ताहरूले आफ्नो नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् । अब क्रिकेटको चर्चा हुँदा मनपर्ने टोलीको नाम मात्र होइन, हातमा त्यही टोलीको लोगो भएको एक्स्ट्रीमको क्यान पनि हुन सक्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
31m ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →
Ekantipur
3h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल
Compare →
Nagarik News
14h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Business & Economy
Build #2612