Trending
Prev Story
Next Story

आईजीपी हटाएकोबारे सरकारका प्रवक्ताले भने- पार्टीबाट पनि निर्देशन आएको थियो

Onlinekhabar •
November 04, 2026 • 09:30 AM
2
2 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् । ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले …

आईजीपी हटाएकोबारे सरकारका प्रवक्ताले भने- पार्टीबाट पनि निर्देशन आएको थियो

१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘त्यसैले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो । तर प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने पनि संवेदनशील जिम्मेवारी हो ।’

उनले आईजीपी कार्कीमाथि कारबाही नगरिएको पटक–पटक दोहोर्याए । ‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो । उहाँलाई सुरक्षा सल्लाहकार पदमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । कारबाही भएकै छैन । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने हो,’ मन्त्री पोखरेलले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

काठमाडौँ । २८ कात्तिकः आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथा...

#कात्तिक #काठमाडौं
Compare →
Bizshala
18h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612