Trending
Prev Story
Next Story

पेरिसका विभिन्न क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध, म्याक्रोनद्वारा ट्रम्पको आलोचना

Arthasansar •
October 22, 2026 • 07:44 AM
3
3 reads 0 reactions

फ्रान्समा प्रमुख संवेदनशील तथा पर्यटकीय क्षेत्रमा भेला हुन र प्रदर्शन गर्न प्रतिब लगाएको छ । थप प्रदर्शन हुने सम्भावनालाई ध्यानमा राख्दै...

पेरिसका विभिन्न क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध, म्याक्रोनद्वारा ट्रम्पको आलोचना

फ्रान्समा प्रमुख संवेदनशील तथा पर्यटकीय क्षेत्रमा भेला हुन र प्रदर्शन गर्न प्रतिब लगाएको छ । थप प्रदर्शन हुने सम्भावनालाई ध्यानमा राख्दै पेरिस प्रहरीले बिहीबार राजधानीका विभिन्न ठाउँमा प्रतिबन्ध लगाएको हो ।

प्रहरीका अनुसार, एलिसे राष्ट्रपतीय भवन, बास्टिल स्क्वायर, संसद्का दुवै सदन, लुभ्र संग्र्रहालय र च्याम्प्स–एलिसे क्षेत्रमा स्थानीय समयअनुसार बिहान ८ देखि राति ८ बजेसम्म प्रदर्शन गर्न पाइने छैन । गत सातान्तमा देशभर फैलिएको हिंसा र अराजकतापछि फ्रान्सेली अधिकारीहरू सुरक्षा व्यवस्था सुदृढ बनाउन जुटेका छन् । महँगी नियन्त्रण र शिक्षा सुधारको माग गर्दै विद्यार्थीहरूले सुरु गरेको आन्दोलन उग्र बनेपछि नकाबधारी प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग हिंसात्मक झडप गरेका थिए । सोमबार गृहमन्त्री लोरेन्ट नुनेजले स्थिति नियन्त्रणबाहिर गएको र हिंसाको भयावह रूपको पूर्वानुमान गर्न नसकिएको स्वीकार गरेका थिए ।

‘आप्रवासी, जिहादी र कम्युनिस्ट’ माथि ट्रम्पको आरोप, म्याक्रोनद्वारा आलोचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको अशान्तिका लागि आप्रवासी, जिहादी र कम्युनिस्टहरूलाई जिम्मेवार ठहर गरेका छन् । उनीहरूले फ्रान्सलाई कब्जा गरेको, लुटपाट मच्चाएको र ध्वस्त पारेको आरोप ट्रम्पले लगाएका छन् । मध्यवधि निर्वाचनको प्रचारका क्रममा उनले म्याक्रोनलाई आप्रवासनबारे पहिल्यै चेतावनी दिएको, तर फ्रान्सेली राष्ट्रपतिले सीमा बन्द गर्न अस्वीकार गरेको बताएका थिए ।

फ्रान्सका सहरहरूमा पछिल्ला दुई रात तुलनात्मक रूपमा शान्त रहे पनि जलेका कार, फुटेका पसलका सिसा र लुटिएका भवनका तस्बिरलाई म्याक्रोन सरकारमाथि राजनीतिक दबाब बढाउन प्रयोग गरिएको बताइएको छ ।

बुधबार कतार भ्रमणका क्रममा म्याक्रोनले ट्रम्प र सम्भवतः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फ्रान्सको अशान्तिबाट राजनीतिक लाभ लिन खोजेको आरोप लगाए । यसै साताको सुरुआतमा नेतान्याहूले पनि फ्रान्समा ‘उग्रवादी इस्लामको आक्रमण’ भएको टिप्पणी गरेका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै म्याक्रोनले फ्रान्सलाई चुनावी प्रचारको विषय बनाउने नेताहरूको आलोचना गरे । ती नेताहरू मध्यपूर्वका होऊन् वा अमेरिकाका, उनीहरू चुनावी स्वार्थबाट प्रेरित रहेको उनको भनाइ थियो । आफ्नो टिप्पणी ट्रम्पप्रति लक्षित हो कि भन्ने प्रश्नमा उनले भने, “अन्यका साथै उहाँप्रति पनि हो ।”

म्याक्रोनले फ्रान्सको संकटबारे गलत र भ्रामक सूचना फैलाइएको आरोप लगाउँदै वास्तवमा नभएका घटनाका तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको बताए । यस्ता सामग्रीका आधारमा विदेशी नेताहरूसहित विभिन्न व्यक्तिले अनुचित र मूर्खतापूर्ण टिप्पणी गरेको उनको भनाइ थियो । “हामीमाथि आप्रवासी र इस्लामवादीहरूको जत्थाले आक्रमण गरेको दाबी गर्ने मानिसहरू देखा परेका छन्, जुन पूर्ण रूपमा झूटो र निराधार हो,” म्याक्रोनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
36m ago
अमेरिकामा उडान प्रतिबन्ध हटाइयो, हजारौँ यात्रु विमानस्थलमै अलपत्र

अमेरिकामा उडान प्रतिबन्ध हटाइयो, हजारौँ यात्रु विमानस्थलमै अलपत्र

काठमाडौं । अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक तथा सञ्चार समस्याका कारण देशभर लगाइएको हवाई उडान प्रतिबन्ध हटाइएको छ। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार देशभरका वि...

#प्रतिबन्ध
Compare →
Onlinekhabar
1h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#प्रतिबन्ध
Compare →
Ekantipur
15h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →
Nagarik News
20h ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#प्रदर्शन
Compare →

Related Stories

Business & Economy
Build #2612