Trending
Prev Story
Next Story

कात्तिक ४ सम्म १८.६५ प्रतिशत बजेट खर्च

Arthasansar •
October 21, 2026 • 05:57 PM
3
3 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ गते  सम्ममा सरकारको कुल प्राप्तिको तुलनामा बजेट खर्च सामान्य रूपमा बढी देखिएको छ।...

कात्तिक ४ सम्म १८.६५ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ गते  सम्ममा सरकारको कुल प्राप्तिको तुलनामा बजेट खर्च सामान्य रूपमा बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले यस अवधिमा कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेकोमा ३ खर्ब १ अर्ब २८ करोड १६ लाख रुपैयाँ  संकलन गरेको छ। कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्वको लक्ष्यमध्ये कर राजस्वतर्फ २ खर्ब ७९ अर्ब ३९ करोड ५० लाख रुपैयाँ र गैरकर राजस्वतर्फ १९ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ  गरी कुल २ खर्ब ९८ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य राखिएको भए पनि यस अवधिमा वैदेशिक अनुदान भने शून्य रहेको छ भने अन्य स्रोतबाट २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ।

खर्चतर्फ सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेकोमा कात्तिक ४ गतेसम्म ३ खर्ब ९६ अर्ब २६ करोड ६८ लाख रुपैयाँ  खर्च गरेको छ। जसमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ चालु बजेटबाट २ खर्ब ९१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ। विकास निर्माणतर्फको पुँजीगत खर्च भने निकै सुस्त देखिएको छ, ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा यस अवधिमा २८ अर्ब ४२ करोड २३ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल लक्ष्यको ६.५९ प्रतिशत मात्र हो। यस्तै वित्तीय व्यवस्थापनतर्फ विनियोजित ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँमध्ये ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। समग्रमा, साधारण खर्च र वित्तीय व्यवस्थापनको तुलनामा विकास निर्माणतर्फको पुँजीगत खर्च निकै पछाडि परेको देखिन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
40m ago
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

काठमाडौँ– रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको...

#बजेट
Compare →
Nagarik News
1h ago
कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

#खर्च
Compare →
Ekantipur
20h ago
सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

#कात्तिक
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →

Related Stories

Business & Economy
Build #2612