Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा सम्पर्कविहीन प्राधिकरण कर्मचारीका परिवारलाई राहत रकम वितरण सुरु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

२७ असोज, काठमाडौं । १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ कर्मचारी सम्पर्कविहीन भएका थिए । तीमध्ये ६ जनाको …

भोटेकोशी बाढीमा सम्पर्कविहीन प्राधिकरण कर्मचारीका परिवारलाई राहत रकम वितरण सुरु

२७ असोज, काठमाडौं । १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ ।

बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ कर्मचारी सम्पर्कविहीन भएका थिए । तीमध्ये ६ जनाको परिवारलाई तत्कालका लागि राहत प्रदान गरिएको हो । सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना कर्मचारीका हकवालाले राहत रकम प्राप्त गरेको प्राधिकरणले जनाएको छ । राहत पाउन बाँकी अन्य हकवालालाई आवश्यक कागजात सहित प्राधिकरणमा निवेदन दिन आग्रह समेत गरिएको छ ।

प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्ने छ ।

साथै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदन समेत बुझाउनुपर्ने छ ।

प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार आगामी दिनमा अन्य सहयोग हुने प्राधिकरणले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
18h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#राहत #बाढी #भोटेकोशी
Compare →
Nagarik News
2d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी #भोटेकोशी
Compare →
Arthasansar
1d ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Ekantipur
19h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।

#परिवारलाई #राहत
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#बाढी #राहत
Compare →

Related Stories

National (Nepal)
Build #2612