Trending
Prev Story
Next Story

भारतमा एपलको आम्दानी अहिलेसम्मकै उच्च, शेयर ४ प्रतिशत घट्यो

Bizshala •
November 04, 2026 • 03:33 AM
2
2 reads 0 reactions

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एपलले भारतमा सेप्टेम्बर त्रैमासमा अहिलेसम्मकै उच्च आम्दानी गरेको छ । कम्पनीका...

भारतमा एपलको आम्दानी अहिलेसम्मकै उच्च, शेयर ४ प्रतिशत घट्यो

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एपलले भारतमा सेप्टेम्बर त्रैमासमा अहिलेसम्मकै उच्च आम्दानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले भारतमा आईफोन र म्याक कम्प्युटरको माग सर्वाधिक उच्च रहेको बताएका छन् ।

भारतमा आईफोन प्रयोगकर्ताले पुराना मोडलबाट नयाँमा स्तरोन्नति गर्ने क्रम बढ्नुका साथै म्याक र सेवा व्यवसायको विस्तारले आम्दानी बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ । सहज किस्ताबन्दी, पुराना फोनको राम्रो मूल्य, भारतमै उत्पादन र साना सहरसम्म बजार विस्तारलाई पनि वृद्धिको मुख्य आधार मानिएको छ ।

एपलको विश्वव्यापी आम्दानी भने गत वर्षको सोही अवधिको १०२ अर्ब ५० करोड डलरबाट बढेर ११४ अर्ब ५० करोड डलर पुगेको छ । त्यस्तै, वार्षिक आम्दानी ४१६ अर्ब डलरबाट बढेर कीर्तिमानी ४७९ अर्ब डलर पुगेको छ ।

यद्यपि, मेमोरी चिपको मूल्य वृद्धि र कृत्रिम बुद्धिमत्तामा आधारित सिरीको विस्तारमा बढ्दो खर्चका कारण नाफाको मार्जिन घट्ने अनुमान सार्वजनिक भएपछि एपलको शेयर कारोबारपूर्व बजारमा करिब ४ प्रतिशतले घटेको छ । सेप्टेम्बर त्रैमासमा ४७.९ प्रतिशत रहेको कुल नाफा मार्जिन आगामी त्रैमासमा ४५ देखि ४६ प्रतिशतमा झर्न सक्ने कम्पनीको अनुमान छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
एनपीएलमा लुम्बिनीविरुद्ध 'गर या मर'को खेल खेल्दै विराटनगर, यस्तो छ अहिलेसम्मको नतिजा

एनपीएलमा लुम्बिनीविरुद्ध 'गर या मर'को खेल खेल्दै विराटनगर, यस्तो छ अहिलेसम्मको नतिजा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २6 औँ खेलमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् । खेल साँझ ५ बजेदेखि शुरु हुनेछ । यो खेल विराटनगरका लागि गर या मरको हुनेछ । ख...

#काठमाडौं #अहिलेसम्म
Compare →
Ekantipur
12h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Nagarik News
14h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
15h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

Business & Economy
Build #2612