Trending
Prev Story
Next Story

प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्‍‌ बैठकको निर्णय

Ekantipur •
November 03, 2026 • 12:02 PM
2
2 reads 0 reactions

मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुंगो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ ।

प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्‍‌ बैठकको निर्णय

मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुंगो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ ।

काठमाडौँ — सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडीबीबाट प्राप्त हुने ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ ।

त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्रांरिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ सम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुंगो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ ।

यसैगरी, प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटना: १४ जनाको निधनप्रति मन्त्रिपरिषद्द्वारा दुःख व्यक्त, छानबिन समिति गठन र राहतको पहल

भीमफेदी दुर्घटना: १४ जनाको निधनप्रति मन्त्रिपरिषद्द्वारा दुःख व्यक्त, छानबिन समिति गठन र राहतको पहल

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान भएको भयानक सवारी दुर्घटनाप्रति गहिरो दुःख...

#मन्त्रिपरिषद्
Compare →
Onlinekhabar
5d ago
दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

२३ कात्तिक, काठमाडौं ।  सरकारले गत कात्तिक १७ गते  दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो ।  उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न …

#मन्त्रिपरिषद् #अध्यादेश
Compare →

Related Stories

Politics & Governance
Build #2612