Trending
Prev Story
Next Story

रसेलको चार विकेटमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

Ekantipur •
November 03, 2026 • 11:01 AM
2
2 reads 0 reactions

कीर्तिपुरमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएपछि विराटनगर विजयी भयो।

रसेलको चार विकेटमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

कीर्तिपुरमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएपछि विराटनगर विजयी भयो।

काठमाडौँ — वेस्ट इन्डिजका एन्ड्रे रसेलले अलराउन्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक विजय हात पारेको छ ।

रसेलले अर्धशतक बनाउनुका साथै ४ विकेट लिएपछि विराटनगरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सनसनीपूर्ण विजय हात पारेको हो । बंगलादेशी ब्याटर सैफ हसनले ७१ रन बनाए पनि १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुर ७ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

यस खेल जितेपछि कर्णाली याक्स र जनकपुरलाई उछिन्दै विराटनगर शीर्ष स्थानमा पुगेको छ । तीनै टोलीको समान ४ अंक भए पनि विराटनगर राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुरको सुरुआत राम्रो रहेन । तृतराज दासलाई एन्जेलो म्याथ्युजले ६ रनमा बोल्ड गरे । मोइन अली १४ बलमा १० रनमात्र बनाई आउट भए । पूर्व कप्तान अनिल साह दोस्रो बलमा खाता पनि नखोली आउट भए ।

त्यसपछि सैफ हसन र विशाल शुस्लिङले चौथो विकेटमा ७६ रनको साझेदारी गरे । विशाल ३० बलमा ४३ रन बनाई आउट भए । दुई चौका र ३ छक्का प्रहार गरेका उनी म्याथ्युजको बलमा बाउन्ड्री लाइनमा क्याच भए ।

हसनले जिम्मी निसमसँग ३० बलमा ५६ रनको साझेदारी गरे । निसम १९ औं ओभरको अन्तिम बलमा आउट भए । उनले १५ बल खेली ३ छक्का प्रहार गरी २७ रन बनाए । उनको स्थानमा आएका कप्तान हरमित सिंह पहिलो बलमै आउट भए ।

जनकपुरलाई अन्तिम ओभरमा विजयका लागि १३ रनको आवश्यकता थियो । तर जनकपुरले १० रनमात्र बनाउन सक्यो । इनिङ्सको अन्तिम बलमा आउट भएका हसनले ४८ बल खेली २ चौका र ५ छक्का प्रहार गरे । रसेलले ४ विकेट लिए । उनले सो क्रममा ४ ओभरमा ४५ रन खर्चे । त्यस्तै म्याथ्युजले ३ ओभरमा २५ रन खर्चेर २ र रुपेश सिंहले १ विकेट लिए ।

यसअघि लोकेश बम, इमरान शेख र एन्ड्रे रसेलले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ७४ रन बनाएको थियो । एनपीएल इतिहासमा पहिलो पटक एउटै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएका हुन् ।

लोकेश र इमरानले दोस्रो विकेटमा १ सय ७ रनको साझेदारी गरेपछि विराटनगरले चुनौतीपूर्ण लक्ष्य तेर्स्याएको थियो । पहिलो ओभरमै मोइनले सेहान जयसूर्यालाई १ रनमा स्टम्प आउट गराएपछि लोकेश र इमरानले मजबुत साझेदारी गरेका थिए । इमरान ४५ बलमा ५६ रन बनाई अभिषेक तिवारीको बलमा विकेटको पछाडि क्याच भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

प्रतियोगितामा दोस्रो अर्धशतक बनाएका लोकेशले ४० बल खेली समान ३ चौका र छक्का प्रहार गरे । १४ औं ओभरमा ब्याटिङमा आएका रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जने ७ रनमा अविजित रहे । अभिषेकले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । त्यस्तै मोइनले १ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।

#जनकपुर #विकेट #रनको
Compare →
Hamro Patro News
16h ago
जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो

जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो

जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो १४ मिनेट अघि काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सला...

#जनकपुर #विकेट
Compare →
Arthasansar
17h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#जनकपुर #रनको
Compare →
Onlinekhabar
20h ago
जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो। आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । …

#जनकपुर
Compare →

Related Stories

Sports
Build #2612