काठमाडौँ। नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन्। उनले कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा निकायको आवश्यकता नरहेको बताएका छन्।
फेसबुकमा स्टाटस लेख्दै चालिसेले कांग्रेसका सांगठनिक गतिविधि पार्टीको विधानअनुसार सञ्चालन हुने र विधान देशको संविधान तथा प्रचलित कानूनको अधीनमा रहने उल्लेख गरेका छन्।
Read full story at source ( hamrakura.com )