Trending
Prev Story
Next Story

मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित केही कर्मचारी रंगेहात पक्राउ

Bizshala •
November 02, 2026 • 01:03 PM
3
3 reads 0 reactions

काठमाण्डौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।घुस लेनदेन भइरहेको...

मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित केही कर्मचारी रंगेहात पक्राउ

काठमाण्डौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले नगरपालिकाका केही कर्मचारीलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केही कर्मचारी पक्राउ परेको पुष्टि गरेका छन्। तर पक्राउ परेकाहरूको नाम र बरामद रकमबारे तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

उनका अनुसार घटनास्थलमा मुचुल्का तयार गर्ने काम भइरहेको छ र प्रक्रिया पूरा भएपछि पक्राउ परेका व्यक्तिको विवरण तथा बरामद रकम सार्वजनिक गरिनेछ।

घुस लेनदेनसम्बन्धी सूचना प्राप्त भएपछि अख्तियारको टोली प्रहरीसहित मध्यपुर थिमि नगरपालिका पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
मध्यपुर थिमिमा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान, सभामुख र गृहमन्त्री सहभागी

मध्यपुर थिमिमा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान, सभामुख र गृहमन्त्री सहभागी

• राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर थिमिमा नेपाल संवत् ११४७ नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो। • कार्यक्रममा सभामुख डीपी अर्याल र गृहमन्त्री सुदन गुरुङलगायतका…

#मध्यपुर #थिमि
Compare →
Nagarik News
2d ago
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

उनले २०२७ सालमा वर्गदवा गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्च बनेका थिए।

#नगरपालिका
Compare →
Onlinekhabar
3d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#नगरपालिका
Compare →

Related Stories

National (Nepal)
Build #2612