Trending
Prev Story
Next Story

दुई विकेट गुमाएपछि सम्हालिँदै काठमाडौं, १० ओभर सकिँदा प्रतिओभर ११ रनको चुनौती

Nagarik News •
November 02, 2026 • 09:46 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ७४ रन बनाएको छ।

दुई विकेट गुमाएपछि सम्हालिँदै काठमाडौं, १० ओभर सकिँदा प्रतिओभर ११ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ७४ रन बनाएको छ।

सुरुवाती झट्कापछि सम्हालिने प्रयास गरिरहेको काठमाडौंमाथि अब प्रतिओभर ११ भन्दा बढीको रनरेटको दबाब बढेको छ।

काठमाडौंलाई जितका लागि अब ५८ बलमा १ सय ७ रन आवश्यक छ। हाल क्रिजमा मोहम्मद आदिल आलम २६ बलमा २० रन र रसिद खान १४ बलमा २२ रन बनाएर खेलिरहेका छन्। यी दुई ब्याटरले पछिल्लो पाँच ओभरमा बिनाकुनै क्षति ३६ रन जोड्दै इनिङ्स उकास्ने प्रयास गरेका छन्।

यसअघि लक्ष्य पछ्याउने क्रममा काठमाडौंले दुवै ओपनरलाई सस्तैमा गुमाएको थियो। आक्रामक सुरुवात गरेका डेभिड वार्नर १६ रन बनाएर सोमपाल कामीको बलमा बोल्ड भए। लगत्तै स्मित पटेल ९ रनको व्यक्तिगत स्कोरमा नन्दन यादवको बलमा बोल्ड भएपछि काठमाडौं ४.१ ओभरमा २८/२ को संकटपूर्ण अवस्थामा पुगेको थियो।

कर्णालीका लागि कप्तान सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिएका छन्। यसअघि कीर्तिपुरस्थित मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको बलियो योगफल तयार पारेको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले ४४ र हुसेन तलतले ४० रन बनाएका थिए भने काठमाडौंका कप्तान करण केसीले २ विकेट हात पारेका थिए।

प्रकाशित: १६ कार्तिक २०८३ १५:३१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे

लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले लगातार विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनक...

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →
Ekantipur
2h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #ओभर
Compare →
Onlinekhabar
10h ago
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र …

#एनपीएल #प्रिमियर-लिग #चुनौती
Compare →
Arthasansar
13h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #रनको
Compare →

Related Stories

Sports
Build #2612