Trending
Prev Story
Next Story

कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न

Onlinekhabar •
November 02, 2026 • 08:31 AM
2
2 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छैठौं फुट्सल कप सम्पन्न भएको छ । यस प्रतियोगितामा …

कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न

१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छैठौं फुट्सल कप सम्पन्न भएको छ । यस प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) तथा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धाको उपाधी नाफिजले जित्न सफल भएको थियो ।

मैत्रीपूर्ण खेलसँगै सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० टोली उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फको फाइनल खेलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ ।

त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आईएमई बैंकलाई टाइ ब्रेकिङमा ५–४ गोलले पराजित गर्दै यस सिजनको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ ।

प्रतियोगिताको समापन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4h ago
आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

काठमाडौँ । २८ कात्तिकः आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथा...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Sports
Build #2612