Trending
Prev Story
Next Story

काठमाडौं प्रहरीको 'सर्च एण्ड स्वीप अपरेसन' : ८२ फरारसहित ६४० जना नियन्त्रणमा

Nagarik News •
November 02, 2026 • 06:01 AM
3
3 reads 0 reactions

जिल्ला प्रहरी परिसर काठमाडौंले एक साताको अवधिमा ८२ जना फरार कसुरदारसहित ६४० जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरीको 'सर्च एण्ड स्वीप अपरेसन' : ८२ फरारसहित ६४० जना नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले एक साताको अवधिमा ८२ जना फरार कसुरदारसहित ६४० जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गत कात्तिक ९ देखि १६ गतेसम्म अदालतको फैसला कार्यान्वयन, चालु मुद्दाका प्रतिवादी पक्राउ तथा सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

यस अवधिमा अदालतबाट कैद तथा जरिवानाको सजाय फैसला भई फरार रहेका ८२ जना, चालु मुद्दाका २० जना प्रतिवादी, २०८२ भदौ २३ र २४ गतेको घटनापछि कारागारबाट फरार भएका दुई जना तथा हिरासतबाट फरार एक जना थुनुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सार्वजनिक स्थल, यातायात, भीडभाड हुने क्षेत्र तथा रात्रिकालीन समयमा सार्वजनिक शान्ति सुव्यवस्था र मर्यादाविपरीतका गतिविधि गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकमाथि अभद्र व्यवहार गर्ने वा गर्न सक्ने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरीले दैनिक रूपमा ‘सर्च एण्ड स्वीप अपरेसन–२४/७–३६५’ अभियान सञ्चालन गर्दै आएको छ।

उक्त अभियानअन्तर्गत एक सातामा ६४० जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई सम्झाइबुझाइ गरी छाड्नेदेखि कानुनबमोजिम अन्य कारबाहीसमेत गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना पनि निरन्तर कार्यान्वयन गरिरहेको जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ ११:४६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5h ago
काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँ...

#काठमाडौं
Compare →
Bizshala
21h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612