Trending
Prev Story
Next Story

साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार

Nagarik News •
October 20, 2026 • 11:07 AM
2
2 reads 0 reactions

प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार

डोल्पाको विकट बस्तीमा जटिल अवस्थामा पुगेकी एक गर्भवती महिलालाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएर अवस्था जटिल बनेपछि उनलाई तत्काल उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

उपल्लो डोल्पाका बस्तीमा सामान्य स्वास्थ्य उपचारका लागि समेत कठिनाइ छ । त्यसमाथि गर्भावस्थामा जटिल समस्या देखिँदा समयमै उपचारको व्यवस्था गर्नु चुनौतीपूर्ण बन्ने गरेको छ । उपल्लो डोल्पाबाट जिल्ला सदरमुकाम दुनैसम्म समेत सडक सञ्जाल जोडिएको छैन। भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा बिरामीलाई तत्काल स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन हुने गरेको छ ।

उपल्लो डोल्पामा शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गरी तीनवटा स्थानीय तह छन् । यी क्षेत्रमा पर्याप्त स्वास्थ्य उपचार सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला बाहिर लैजानुपर्ने बाध्यता छ ।

गर्भवती र सुत्केरीका लागि जोखिमपूर्ण अवस्था

दुर्गम बस्तीका गर्भवती महिलाले समयमै स्वास्थ्य सेवा पाउन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्था छ । विशेषगरी प्रसूति तथा अन्य जटिल समस्या देखिएका बेला तत्काल उपचार उपलब्ध गराउन नसक्दा थप जोखिम निम्तिन सक्छ ।

सडक सञ्जालको अभाव, स्वास्थ्य संस्थामा पर्याप्त उपचार सुविधा नहुनु र आपत्कालीन उद्धारमा निर्भर रहनुपर्ने अवस्थाले उपल्लो डोल्पाका नागरिकको स्वास्थ्य सेवामा पहुँच अझै चुनौतीपूर्ण रहेको देखाउँछ । गर्भवती तथा सुत्केरीको जीवनरक्षाका लागि दुर्गम क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा र भरपर्दो आपत्कालीन उद्धार प्रणालीको आवश्यकता छ ।

प्रकाशित: ३ कार्तिक २०८३ १६:५२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →
Hamro Patro News
1d ago
रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २० जना मध्ये ६ जनाको उद्धार गरिएको छ भने १४ वटा शव फेला परेको छ ।...

#उद्धार
Compare →

Related Stories

National (Nepal)
Build #2612