Trending
Prev Story
Next Story

नयाँ सरकारले व्यवसायिक वातावरणमा सुधार ल्याउनेमा आशावादी छु: अक्षय गोल्यान

Ekantipur •
October 19, 2026 • 07:48 AM
2
2 reads 0 reactions

सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम फायरसाइड रुपेश श्रेष्ठसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन भए पनि दीर्घकालीन व्यावसायिक नीतिहरू परिवर्तन नहुने वातावरण बनेमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित हुने बताए।

नयाँ सरकारले व्यवसायिक वातावरणमा सुधार ल्याउनेमा आशावादी छु: अक्षय गोल्यान

सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम फायरसाइड रुपेश श्रेष्ठसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन भए पनि दीर्घकालीन व्यावसायिक नीतिहरू परिवर्तन नहुने वातावरण बनेमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित हुने बताए।

काठमाडौँ — प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहका अध्यक्ष अक्षय गोल्यानले नेपालमा उद्योग र व्यवसायको दिगो विकासका लागि दृढ नीतिगत निरन्तरता हुनुपर्नेमा जोड दिएका छन्। सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम फायरसाइड रुपेश श्रेष्ठसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन भए पनि दीर्घकालीन व्यावसायिक नीतिहरू परिवर्तन नहुने वातावरण बनेमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित हुने बताए।

"सबैभन्दा महत्त्वपूर्ण कुरा नीतिगत निरन्तरता हो। ऊर्जा, उत्पादन वा कृषि जुनसुकै क्षेत्रमा पनि एउटा नीति ल्याएर ५, ७ वा १० वर्षका लागि निरन्तर बनाइयो भने हामी स्वदेशमै दीर्घकालीन योजनामा काम गर्न सक्छौँ।" व्यावसायिक स्थिरता कायम गर्न कम्तीमा ५ देखि १० वर्षसम्म एउटै नीतिगत ढाँचा हुनुपर्ने उनको भनाइ छ।

नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको गोल्यानले औँल्याए। देशबाहिरका लगानीकर्ता नेपालमा लगानीका लागि तयार रहेको भन्दै गोल्यानले नयाँ सरकारले नीतिगत स्थिरता कायम गर्ने आशा व्यक्त गरे। "बाहिरका लगानीकर्ता (DFIs) नेपालमा लगानी गर्न तयार छन्, तर नीतिगत अन्योलका कारण हामी त्यो अवसर लिन सकिरहेका छैनौँ। नयाँ सरकार र युवा नेतृत्वबाट व्यवसायिक वातावरणमा सुधार आउनेमा म आशावादी छु," गोल्यानको भनाइ छ।

सानादेखि ठूला लगानीकर्तासम्मले खाद्य सुरक्षालाई ध्यानमा राख्दै कृषिमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए। "खाद्य सुरक्षा संसारकै ठूलो चुनौती बन्दैछ। किसानले देशको जीवनमा दैनिक योगदान पुर्‍याउँछन्। उनीहरूलाई जोगाउन सकिएन भने ठूलो संकट आउँछ।" गोल्यानले उत्पादनदेखि भण्डारण, प्रोसेसिङ वा बजार व्यवस्थापनजस्ता कुनै पनि क्षेत्रमा लगानी गर्न सके खाद्य सुरक्षा कायम गर्न सकिने बताए।

६० वर्षभन्दा लामो व्यावसायिक इतिहास बोकेको गोल्यान समूहलाई तेस्रो पुस्ताका रूपमा नेतृत्व प्रदान गरिरहेका ३८ वर्षीय गोल्यानले पारिवारिक व्यवसायलाई संस्थागत र व्यावसायिक रूपमा सञ्चालन गर्न विभिन्न नीति, संरचना र प्रक्रियामा रूपान्तरण भइरहेको जानकारी दिए।

कार्यक्रम फायरसाइडको भिडियो कान्तिपुरका डिजिटल प्लाटफर्ममा र अडियो विभिन्न पडकास्ट प्लाटफर्महरुमा सुन्न सकिन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
6d ago
गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान

गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान

काठमाडौं । कुकुर तिहारको अवसरमा गोल्यान फाउन्डेसनले नयाँ अभियान सुरु गरेको छ । शनिबार नयाँ बानेश्वरबाट 'कुकुर तिहार हरेक दिन' नामक तीन महिने पाइलट परियोजनाको सुरुवात गरेको हो । यस अभियानको सन्देश कुकुरलाई 'एक दिनको माला …

#गोल्यान
Compare →

Related Stories

National (Nepal)
Build #2612