Trending
Prev Story
Next Story

स्वार्थको द्वन्द्व हुने भन्दै थापालाई जापानको राजदूत नबनाउने रास्वपा शीर्ष नेतृत्वमा समझदारी

Ekantipur •
November 02, 2026 • 04:02 AM
3
3 reads 0 reactions

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाको सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बोलाएको छ । उनलाई नाम फिर्ता लिन सुझाव दिइएको छ, नाम फिर्ता नलिए सुनुवाइ समितिले निर्णय लिने ।

स्वार्थको द्वन्द्व हुने भन्दै थापालाई जापानको राजदूत नबनाउने रास्वपा शीर्ष नेतृत्वमा समझदारी

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाको सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बोलाएको छ । उनलाई नाम फिर्ता लिन सुझाव दिइएको छ, नाम फिर्ता नलिए सुनुवाइ समितिले निर्णय लिने ।

काठमाडौँ — जापानको राजदूतमा  सिफारिस भएका जिग्यानकुमार थापालाई राजदूत बनाएर नपठाउने समझदारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष तहमा भएको छ ।

सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीचको भेटमा जापानका लागि प्रस्तावित राजदूत थापाको सम्बन्धमा छलफल भएको निकट स्रोतले जानकारी दिएका छन् । उक्त छलफलमा थापालाई अन्य देशको राजदूत बनाएर पठाउने तर जापानमा नपठाउने समझदारी बनेको हो ।

प्रस्तावित राजदूत थापाको परिवार जापानको स्थायी आवासीय अनुमतिपत्र लिएर बसेको, त्यहाँ चल र अचल सम्पत्ति रहेको, ऋणलगायतको कारोबार रहेको, थापाले जापान सरकारको सेवा र सुविधा लिएको, सरकारी निकायमा काम गरेको लगायतका कारणले स्वार्थको द्वन्द्व हुने निष्कर्षमा रास्वपा र सरकारको नेतृत्व पुगेको हो ।

प्रधानमन्त्री निकट स्रोतले कान्तिपुरलाई भन्यो, 'जापानको राजदूतमा जिग्यानकुमार थापालाई नपठाउने समझदारी बनेको छ । उहाँको स्वार्थको द्वन्द्व हुने देखिएकाले जापानबाहेकको देशमा पठाउने तर जापान नपठाउने भन्ने समझदारी पार्टी नेतृत्वसँग पनि भएको छ ।'

थापालाई नाम फिर्ता लिन लगाउने वा संसदीय समितिबाट अस्वीकारको विकल्पमा जानेबारे पनि छलफल भएको छ । थापालाई नाम फिर्ता लिन भनेर भविष्यमा कुनै देशको राजदूत बनाउने आश्वासन दिने समझदारी बनेको छ ।

भविष्यमा अन्य देशको राजदूत बनाउने कि नबनाउने भन्ने थापाले नाम फिर्ता लिने कि नलिने भन्नेमा निर्भर हुने बताइएको छ ।

संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइएको छ । समितिले यसअघि थापाको व्यक्तिगत र पारिवारिक विवरण माग गरेको थियो । जापान सरकारबाट थापाले त्यहाँ स्थायी आवासीय प्रमाणपत्र त्यागे/नत्यागेको, जापानमा आर्थिक दायित्व रहे/नरहेको, जापान सरकारबाट सुविधा लिए/नलिएको, जापानका संघसंस्था र सरकारी कार्यालयमा कहिलेसम्म काम गरेको भन्ने विवरण सुनुवाइ समितिले माग गरेको थियो । त्यस्तै, समितिले थापाकी श्रीमती र छोराहरूको जापानमा कुन अवस्थामा बसिरहेका छन्, उनीहरूको आर्थिक र स्थायी आवासीय प्रमाणपत्र के हो ? भन्ने लगायतका विवरण माग गरिएको थियो ।

संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली राजदूतावासलाई पत्र लेखेको थियो । जापान सरकारका निकायसँग थापाको सम्बन्धमा जानकारी माग गर्दा व्यक्तिगत विवरण दिन नमिल्ने भन्दै अस्वीकार गरेको जानकारी राजदूतावासले परराष्ट्र मन्त्रालय र मन्त्रालयले समितिलाई मौखिक रूपमा जानकारी गराएको थियो । समितिले भने त्यो विषय पनि औपचारिक रूपमा पत्र लेखेर दिन भनेको थियो ।

सुनुवाइ समितिको बैठक सोमबार ३ बजेका लागि बोलाइएको छ । बैठकमा जापानका लागि प्रस्तावित राजदूत थापाका सम्बन्धमा छलफल हुने सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । समितिले यसअघि नै थापालाई राजदूतबाट नाम फिर्ता लिन सुझाव दिएको थियो ।

समिति सभापति श्रेष्ठ, समिति सचिव तुलबहादुर कंडेल र समितिमा रहेका रास्वपाका सांसदहरूले पनि नाम फिर्ता लिने/नलिने बारे के गर्ने ? भनेर सोधिसकेका छन् । सभापति र सांसदले भने नाम फिर्ता लिनका लागि सुझाव दिएका थिए । तर, थापाले भने 'यसबारेमा सोच्ने' भन्दै निर्णय दिइनसकेको समितिका शीर्ष नेतृत्वले जानकारी दिएका छन् ।

समितिको सोमबारको बैठकमा निर्णयबारे छलफल हुने सभापति श्रेष्ठले जानकारी दिए । थापालाई थप सोधपुछ गर्नुपर्ने हुनसक्ने भएकाले समितिमा बोलाइएको पनि सभापति श्रेष्ठले जानकारी दिए ।

'जापानबाट कागजात लगायतका प्रमाण मगाएका छौं, त्यसबारे कस्तो जवाफ आउँछ भन्ने प्रतिक्षा छ । त्यसकै आधारमा निर्णय हुन्छ,' सभापति श्रेष्ठले भने, 'उहाँले नाम फिर्ता लिनुभयो भने कुनै निर्णय गरिरहन परेन, फिर्ता लिने/नलिने उहाँको अधिकारको कुरा भयो ।'

नाम फिर्ता नलिएमा समितिले निर्णय लिने सभापति श्रेष्ठले जानकारी दिए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
21h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#राजदूत #नाम
Compare →
Hamro Patro News
2d ago
अमेरिकाका लागि रुसी राजदूत डार्चिएभको अचानक निधन

अमेरिकाका लागि रुसी राजदूत डार्चिएभको अचानक निधन

अमेरिकाका लागि रुसी राजदूत अलेक्जेन्डर डार्चिएभको ६६ वर्षको उमेरमा निधन भएको छ । रुसको विदेश मन्त्रालयले बुधबार डार्चिएभको मस्कोमा अचानक निधन भएको जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका...

#राजदूत
Compare →
Nagarik News
1h ago
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ।

#जापान
Compare →

Related Stories

Politics & Governance
Build #2612