Trending
Prev Story
Next Story

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, इपीएस कति ?

Arthasansar •
November 01, 2026 • 11:34 AM
2
2 reads 0 reactions

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा  घट्यो, इपीएस कति ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म बैंकले ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा चालु आवको पहिलो त्रैमासमा बैंकको नाफा करिब ३ प्रतिशतले घटेको हो ।

बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको थियो । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज रिभर्सलमा आएको सुधारका कारण बैंकको सञ्चालन नाफा भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ९८ करोड ९३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवको सोही अवधिमा बढेर १ अर्ब ८ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

व्यावसायिक आकारतर्फ हेर्दा असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति १ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंकले १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप तथा कर्जा प्रवाहमा सुधार देखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत वर्ष २७ रुपैयाँ ५७ पैसा रहेको ईपीएस चालू आवको पहिलो त्रैमासमा घटेर २६ रुपैयाँ ७४ पैसा कायम भएको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने केही बढेको छ । गत वर्ष १.७१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर चालु आवको असोज मसान्तसम्म १.८३ प्रतिशत पुगेको छ ।

१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ११ अर्ब रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ४१ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा चालु आवको सोही अवधिमा घटेर २ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द

लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द

काठमाडौं - स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । हिन्दुहरुको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिला...

#स्ट्याण्डर्ड #चार्टर्ड #राष्ट्र-बैंक
Compare →
Bizshala
20h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा #आम्दानी
Compare →
Ekantipur
19h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612