Trending
Prev Story
Next Story

१० वर्षदेखि अलपत्रका रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो

Ekantipur •
November 01, 2026 • 11:31 AM
3
3 reads 0 reactions

पटक–पटक म्याद थप गर्दा पनि आयोजना सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो ।

१० वर्षदेखि अलपत्रका रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो

पटक–पटक म्याद थप गर्दा पनि आयोजना सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो ।

काठमाडौं — रौतहटमा लामो समयदेखि अलपत्र रहेका ३ पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । पटक–पटक म्याद थप गर्दा पनि आयोजना सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

मन्त्री लम्सालका अनुसार चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल र चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम १० वर्षदेखि अलपत्र थियो । पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि दुवै पुलको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।

यी दुवै पुल निर्माणका लागि २१ चैत २०७३ मा पप्पु र शिवशंकर जेभी, गरुडा, रौतहटसँग सम्झौता भएको थियो । सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दै अन्तिम समयसीमा ३०  असार २०८० सम्म पुर्‍याइएको थियो । तर निर्धारित समयभित्र निर्माण सम्पन्न हुन सकेन ।

पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएका छन् । अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न गर्ने निर्णयमा सरकार पुगेको मन्त्री लम्सालले बताएका छन् ।

त्यस्तै, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ । गत आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन् ।

सडक डिभिजन चन्द्रनिगाहपुरले पनि ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ । सूचनाअनुसार लमाहा र लौकाहा खोला पुल निर्माणका लागि पप्पु/शिवशंकर जेभीसँग गरिएका दुईवटा ठेक्का तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नतिसम्बन्धी ठेक्का सम्झौता अन्त्य गरिएको हो ।

सरकारले देशभर रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनाको निर्माण अघि बढाउन कडा नीति लिएको मन्त्री लम्सालले बताएका छन् । निर्माण सम्पन्न गर्ने आधार देखिएका आयोजनालाई अन्तिम मौका दिने र त्यसबाट पनि काम अघि नबढे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ ।

लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको मन्त्री लम्सालले स्पष्ट पारेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#पटक #अलपत्र #ठेक्का
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#आयोजना #ठेक्का
Compare →
Hamro Patro News
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् ...

#आयोजना
Compare →
Nagarik News
6h ago
खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

#आयोजना
Compare →

Related Stories

Politics & Governance
Build #2612