Trending
Prev Story
Next Story

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न

Nagarik News •
November 01, 2026 • 10:45 AM
2
2 reads 0 reactions

सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न

पत्रकार पक्राउ प्रकरणमा सरकार र प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सामाजिक सञ्जाल फेसबुकमा गरेको व्यङ्ग्यात्मक पोस्टले थप चर्चा र प्रश्न जन्माएको छ।

सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।

‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो,’ उनले फेसबुकमा लेखेका छन्।

बेनले आफ्नो पोस्टमा समीर बलामी, जया सिंह महरा, रोशन खड्का, रुपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोकरण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश चिरञ्जीवी पौडेल, श्रीधर पी पौडेल, कमल सरगम चौलागाईं, टीकाराम यात्री, केशव खड्का र बसन्त बस्नेतलगायत पत्रकारलाई मेन्सन गरेका छन्।

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकाबारे गम्भीर प्रश्न उठिरहेका बेला प्रमुख सल्लाहकारको यस्तो पोस्ट सार्वजनिक हुनुलाई धेरैले अनौठो रूपमा लिएका छन्। आलोचकहरूले सञ्चार स्वतन्त्रतासँग जोडिएको संवेदनशील विषयमा सरकारको प्रमुख सल्लाहकारले व्यङ्ग्यात्मक टिप्पणी गर्नुले घटनाप्रति सरकारको गम्भीरतामाथि प्रश्न उठाएको बताएका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ १६:३० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
33m ago
‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

बुटवल । खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि उनको चौतर्फी आ...

#पोस्ट #सञ्जाल
Compare →
Onlinekhabar
1w ago
चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए

चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए

२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्दै राखेका केही पोस्ट हटाएका छन्। मस्कले चुनावकै दिन ‘भोट रेड टुडे’ लेख्दै रिपब्लिकन उम्मेदवारलाई …

#पोस्ट
Compare →
Arthasansar
2h ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#प्रधानमन्त्रीका #सल्लाहकार
Compare →

Related Stories

Politics & Governance
Build #2612