Trending
Prev Story
Next Story

कृषि विकास बैंकको नाफा १८०३ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

Arthasansar •
November 01, 2026 • 09:04 AM
3
3 reads 0 reactions

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालु...

कृषि विकास बैंकको नाफा १८०३ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालु आवको असोज मसान्तसम्म कृषि विकास बैंकले १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । योे गत आवको तुलनामा १८०३.७१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा ३.७१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड २५ लाख रुपैयाँमा झरेको छ। गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ रहेको थियो । गत आवमा ६ करोड ३२ लाख ३३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको बैंकले चालु आवमा १५ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ। कर्जा जोखिम बापत छुट्याइने इम्पेयरमेन्ट खर्च १ अर्ब ४६ करोड ३८ लाख ५३ हजार रुपैयाँबाट २०.८० प्रतिशतले घटेर १ अर्ब १५ करोड ९४ लाख ४३ हजार रुपैयाँमा झरेपछि सञ्चालन मुनाफा धनात्मक बनेको हो।

बैंकको गैर-ब्याज आम्दानीतर्फ खुद शुल्क तथा कमिसन आम्दानी ५५.७४ प्रतिशतले उल्लेख्य वृद्धि भई ४७ करोड ९७ लाख २१ हजार रुपैयाँ पुगेको छ। शुल्क आम्दानीमा आएको आकर्षक वृद्धिकै कारण बैंकको कुल सञ्चालन आम्दानी ८.८६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड ७४ लाख ७५ हजार रुपैयाँ पुगेको छ। गत आवमा २ अर्ब ४८ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको कुल वितरणयोग्य मुनाफा ६८.२९ प्रतिशतले घटेर ७८ करोड ८० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य रकम ४७ करोड ४१ लाख ५६ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको कुल निक्षेप संकलन ०.३० प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब २७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवमा बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा तथा सापट १.३३ प्रतिशतले वृद्धि भई २ खर्ब ५० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।

समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात सामान्य बढेर ४.७९ प्रतिशत पुगेको छ। यस्तै, बैंकको पुँजीकोष अनुपात १२.५५ प्रतिशत, आधार दर ४.५९ प्रतिशत र ब्याजदर स्प्रेड ३.३७ प्रतिशत रहेको छ। १९ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा १८ अर्ब १७ करोड रूपैयाँ संचित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३२.५८ रूपैयाँ रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
19h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास #नाफा
Compare →
Hamro Patro News
5d ago
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि एसएमई महोत्सव सञ्चालनमा ल्याएको छ। यो विशेष अभि...

#विकास #राष्ट्र-बैंक
Compare →
Ekantipur
18h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Nagarik News
4d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →
Onlinekhabar
2d ago
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#कृषि
Compare →

Related Stories

Business & Economy
Build #2612