Trending
Prev Story
Next Story

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

Nagarik News •
November 01, 2026 • 04:39 AM
2
2 reads 0 reactions

मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन्।

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन्।

जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा आँखाका रोगीको उपचारका साथै दृष्टिसम्बन्धी समस्याबारे परामर्श दिइएको थियो।

शिविरमा मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ। रेयुकाई मासुनागा आँखा अस्पतालसँगको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। मोतिबिन्दुका बिरामीलाई सोही अस्पतालले निःशुल्क उपचार गर्ने जिल्ला सहकारी सङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले बताए।

यसैबीच, काभ्रेवासीको पोषण अवस्था सुधार गर्न स्थानीय तहबीच समन्वय र पोषणसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको तीनदिने पोषण कार्यक्रमको आज भएको समापन समारोहमा जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, पोषण सम्पर्क व्यक्ति, ‘ओटिसी’ केन्द्रका प्रतिनिधि तथा मेथिनकोट अस्पतालका प्रतिनिधिले स्वास्थ्य संस्थाबीचको समन्वय, विद्यालय पोषण कार्यक्रमको प्रभावकारितामा जोड दिएका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ १०:२४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न...

#निःशुल्क
Compare →
Hamro Patro News
1w ago
निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिमप्रति युवाहरूको आकर्षण उल्लेख्य देखिएको छ । तालिममा सहभागी हुन ६८ हजारभन्दा बढीले आवेदन दिएका छन्। सुरुमा दुई हजार यु...

#निःशुल्क
Compare →
Ekantipur
3d ago
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

#शिविर
Compare →
Onlinekhabar
3d ago
आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

२५ कात्तिक, काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ । सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने …

#निःशुल्क
Compare →

Related Stories

Health & Wellness
Build #2612