Trending
Prev Story
Next Story

एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय घट्यो

Onlinekhabar •
November 01, 2026 • 05:31 AM
2
2 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन …

एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय घट्यो

१५ कात्तिक, काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ । गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा झरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
19h ago
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई ल...

#सुनचाँदी #सुन #घटे
Compare →
Arthasansar
21h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन #तोला
Compare →
Ekantipur
4d ago
२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

आजको छापावाल सुनको भाउ तोलामा रु २८४,३०० र असली चाँदी रु ३,८५५ रहेको छ।

#सुन #तोला
Compare →
Nagarik News
21h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन #घट्यो
Compare →
Bizshala
4d ago
सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १०० डलरमाथि फर्किएको छ। चाँदीले पनि ५३ डलर नाघेको छ। तर सोमबारको...

#सुनचाँदी #सुन
Compare →

Related Stories

National (Nepal)
Build #2612