Trending
Prev Story
Next Story

साढे २ अर्ब नाघ्यो नबिल बैंकको खुद नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?

Arthasansar •
November 01, 2026 • 04:35 AM
3
3 reads 0 reactions

नबिल बैंक लिमिटेडको नाफा साढे २ अर्ब नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको...

साढे २ अर्ब नाघ्यो नबिल बैंकको खुद नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?

नबिल बैंक लिमिटेडको नाफा साढे २ अर्ब नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको हो ।

वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५.४ प्रतिशतले बढेको हो । बैंकले गत आवको पहिलो त्रैमासिकसम्ममा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद नाफामा भएको वृद्धिको प्रमुख कारण सम्भावित कर्जा नोक्सानी व्यवस्थामा आएको कमी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रहेकोमा समीक्षा अवधिमा यो घटेर १६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। यसले कर्जा असुलीमा सुधार भएको र सम्भावित नोक्सानीको दबाब घटेको संकेत गर्छ।

साथै, बैंकको खुद ब्याज आम्दानी गत वर्षको ३ अर्ब ९० करोड रुपैयाँबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी पनि ७९ करोड ८७ लाख रुपैयाँबाट बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको मुख्य व्यावसायिक आम्दानी सबल रहेको स्पष्ट पार्छ । बैंकको वित्तीय परिसूचकहरूमा पनि सकारात्मक सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा कायम भएको छ । बैंकको कुल निक्षेप संकलन ६१९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४७६ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

लगानीकर्ताका लागि वितरणयोग्य नाफाको हिसाबले बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ। जोखिम व्यवस्थापनको सन्दर्भमा बैंकको खराब कर्जा ४.०६ प्रतिशत र खुद खराब कर्जा ०.६३ प्रतिशत रहेको छ भने पूँजी कोष अनुपात ११.६७ प्रतिशत कायम भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
21h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Nagarik News
19h ago
जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।

#साढे
Compare →
Bizshala
22h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612