Trending
Prev Story
Next Story

एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो १ अर्ब २५ करोड

Bizshala •
November 01, 2026 • 04:33 AM
2
2 reads 0 reactions

काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो १ अर्ब २५ करोड

काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२३ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.९१ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १ अर्ब ६८ करोडबाट बढेर १ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ।

यद्यपि, बैंकको वितरणयोग्य मुनाफा भने गत वर्षको ५ अर्ब ४९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा रहेको छ। असोज मसान्तसम्म बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५० प्रतिशतमा सीमित रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
20h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612