Trending
Prev Story
Next Story

देशभरबाट १३ जना पक्राउ

Nagarik News •
November 01, 2026 • 02:52 AM
3
3 reads 0 reactions

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौंका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक-एक स्थानबाट दुई-दुई, पर्सा, लमजुङ र बर्दियाका एक-एक स्थानबाट एक-एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो।

देशभरबाट १३ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद रु २० हजार २०० र एउटा मोटरसाइकलसमेत बरामद भएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौंका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक-एक स्थानबाट दुई-दुई, पर्सा, लमजुङ र बर्दियाका एक-एक स्थानबाट एक-एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्।

झापाको झापा गाउँपालिका-५ खयरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ९५ मिलिग्रामसहित बाह्रदशी गाउँपालिका-२ का २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका-१ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ बसपार्कबाट नियन्त्रित लागुऔषध डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका-२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई पक्राउ गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ १२७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका-२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्।

यसैगरी, भजनी नगरपालिका-३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

लमजुङको बेँसीसहर नगरपालिका-१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०÷१० एम्पुलसहित बेँसीसहर नगरपालिका-८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका हुन्।

सुनसरीको कोशी गाउँपालिका-१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका-३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका-३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका हुन्।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका-९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका हुन्।

प्रकाशित: १५ कार्तिक २०८३ ०८:३७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
देशभरबाट १० लाखसहित २८ जुवाडे पक्राउ

देशभरबाट १० लाखसहित २८ जुवाडे पक्राउ

प्रहरीले देशका चार जिल्लाका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ। काठमाडौं, बाँके, भक्तपुर र चितवनबाट उनीहरूको साथबाट कुल १० लाख ७ हजार रुपैयाँभन्दा बढी नग...

#स्थान #देशभर
Compare →

Related Stories

Technology
Build #2612