Trending
Prev Story
Next Story

देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते

Nagarik News •
November 01, 2026 • 01:16 AM
2
2 reads 0 reactions

देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते

देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। आगलागी, बाढी, पहिरो, सर्पदंश, जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपायासमेत प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट रु तीन लाख ७८ हजारबराबरको आर्थिक क्षति भएको छ। प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार इलाम, सोलुखुम्बु र अछाममा आगलागीका घटना भएका छन्। त्यस्तै ताप्लेजुङ, दाङ र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्।

यसैगरी, धनकुटामा बाढी तथा खोटाङ, काभ्रेपलाञ्चोक, ललितपुर, म्याग्दी, मुस्ताङ र सुर्खेतमा पहिरो गएको छ। खोटाङ र डोटीमा अविरल वर्षा तथा झापा र नवलपरासीपूर्वमा जनावरको आक्रमणका घटना भएका छन्।

विपद्मा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्य जारी छ।

प्राधिकरणले विपद्का समयमा अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिम कम गर्नका लागि पूर्वतयारी अवस्थामा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: १५ कार्तिक २०८३ ०७:०१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचो...

#मृत्यु #घाइते #जनाको
Compare →
Onlinekhabar
1d ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#मृत्यु #वटा #जनाको
Compare →
Ekantipur
1d ago
कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

भरतपुरको फुर्तिचोकमा कारको ठक्करबाट घाइते भएकी महिलालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#मृत्यु #घाइते
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →

Related Stories

Technology
Build #2612