Trending
Prev Story
Next Story

खेल सुरु हुनुअघि के भएको थियो ?

Ekantipur •
November 01, 2026 • 02:02 AM
2
2 reads 0 reactions

बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको छेउछाउको भाग जलमग्न अवस्थामा थियो ।

खेल सुरु हुनुअघि के भएको थियो ?

बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको छेउछाउको भाग जलमग्न अवस्थामा थियो ।

काठमाडौँ — चितवन राइनोज र लुम्बिनी लायन्सबीचको शनिबार पहिलो खेल टस पनि नभई रद्ध भइसकेको थियो । बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको छेउछाउको भाग जलमग्न अवस्थामा थियो । चितवन र लुम्बिनीबीचको खेल दिउँसो ३ बजे रद्ध हुँदा सिमसिम वर्षा भइरहेकै थियो । दुवैले १–१ अंक पाएका थिए ।

दिउँसो साढे ३ बजे वर्षा रोकिएपछि पारिलो घाम लाग्यो । मैदानका कर्मचारीले कभर निकालेर विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको दोस्रो खेलका लागि पानी हटाउन भरमग्दुर प्रयास गरे । निर्धारित समयअनुसार साँझ ५ बजे खेल हुने तालिका थियो ।

श्रीलंकाका म्याच रेफ्री वेन्डेल लाब्रोयले विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई साँझ ७ बजेर १० मिनेट जाँदा ७ः२५ मा टस हुने र ७ः४१ बजे खेल सुरु हुने जानकारी दिएका थिए । खेलको कटअफ टाइम पनि ७ः४१ बजे नै थियो ।

तर ७ः२५ बजे टस हुन सकेन । विराटनगरका कप्तान सन्दीप टस गर्न तयार भए पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले त्यसमा स्वीकृति नजनाएको देखियो । सुदूरपश्चिमका पाकिस्तानी प्रशिक्षक मिसबाह उल–हकले पनि खेल्न असहमति जनाइरहेका थिए ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

पहिलो बल खेल्नुअघि नै सुदूरपश्चिमका वेस्ट इन्डिज खेलाडी सेरफन रदरफोर्डले मैदान छाडेका थिए । तर रिजर्भ अम्पायरको निर्देशनपछि उनी पुनः मैदान गए । तर उनी खेलको अधिकांश समय खल्तीमा हात राखेर बसेका थिए । उनले पनि खेल्न तयार नरहेको संकेत गरेका थिए ।

एनपीएलका यसअघिका दुई संस्करणमा वर्षाका कारण कुनै खेल रोकिएको थिएन । सबै खेल निर्धारित समयमा पुरै भएको थियो । जित–हारको नतिजा आएको थियो ।

यसअघिका प्रतियोगिता नोभेम्बर–डिसेम्बरमा हुने गरिए पनि यस संस्करणदेखि त्यसको एक महिना अगाडि प्रतियोगिता सुरु गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरअनुसार विन्डो मिलाउन एनपीएल अगाडि तानिएको क्यानले जनाएको थियो ।

नोभेम्बर–डिसेम्बरमा आयोजना गर्दा यूएईको इन्टरनेसनल लिग टी–२० (आईएल) सँग तालिका जुधेका कारण एनपीएल खेलेका खेलाडी बीचैमा छाडेर दुबई जाने गरेका थिए ।

अहिले पनि क्यानडाको ग्लोबल टी–२० र अबुधावी टी–२० सँग जुधेका कारण केही विदेशी खेलाडीले एनपीएलमा सम्झौता भएर पनि त्यता गएको गुनासो फ्रेन्चाइज टोलीहरूले गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#बिहीबार #परे
Compare →

Related Stories

Sports
Build #2612