Trending
Prev Story
Next Story

इन्जिनियर लामिछानेको गाईभैँसी पालनबाट मासिक १५ लाख बचत

Nagarik News •
October 21, 2026 • 12:34 PM
2
2 reads 0 reactions

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने।

इन्जिनियर लामिछानेको गाईभैँसी पालनबाट मासिक १५ लाख बचत

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने।

काठमाडौँ नागार्जुन नगरपालिका-६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका छन्।

गोरखा सिरानचोक गाउँपालिका-७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेसा अँगाल्दै आएका हुन्।

उनले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए। सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गरेका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन्।

‘इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ। यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,’ उनले भने।

इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ। उत्पादित दूधमध्ये केही दूध विकास संस्थान (डिडिसी) र नमुना डेरी तथा बाँकी दूध उपत्यकाका विभिन्न डेरीहरूमा बिक्रीवितरण हुँदै आएको उनले जानकारी दिए।

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु १७० र गाईको रु १०० छ। गाई र भैँसीको दूध दुहुन मेसिन जडान गरिएको छ। उनको फार्ममा हाल प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा ५० कर्मचारी कार्यरत छन्।

दूध बिक्रीबाट मासिक रु ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १५ लाख बचत हुने गरेको उनले बताए। गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुने गरेको उनको भनाइ छ। रासस

प्रकाशित: ४ कार्तिक २०८३ १८:१९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5h ago
चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा टोलीको छलफल

चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा टोलीको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबारदेखि चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री व...

#लामिछाने
Compare →
Ekantipur
2d ago
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन लामिछानेको माग

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन लामिछानेको माग

एउटै बस्ती र टोलका नागरिकमाथि परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने रास्वपा सभापति लामिछानेले उल्लेख गरेका छन् ।

#लामिछाने
Compare →

Related Stories

Business & Economy
Build #2612