काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आठौँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ७० रन मात्रै बनाउन सक्यो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाउँदै १०५ रनको विशाल योगफल बनाएको थियो। छोटो खेलमा विराटनगरका ब्याटरले आक्रामक प्रदर्शन गर्दै सुदूरपश्चिमका बलरमाथि दबाब सिर्जना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )